आइफोन सेभेनमा विशेष क्यामेरा हुने

cameraएप्पलको आइफोन सेभेन मोड्युल रेयर क्यमरा अप्टिकल इमेज स्टेबलाइजर सहित आउने  भएको छ। म्याक र्‍युमरले सार्वजनीक गरेको तस्बिर अनुसार आइफोन सेभेनको मोड्युल क्यमरा ४.७ इन्चको हुने र यसमा अप्टिकल इमेज स्टेबलाइजर हुने जनाइएको छ।  उक्त  सिङगल लेन्स क्यामरामा चार सानो कटआउटस हुने र यसले आकर्षक तस्बिर लिन सकिने जनाइएको छ । सार्वजनीक गरिएको क्यामरा  सन् २०१४ मा बजारमा आएको आइफोन सिक्स र आइफोन सिक्स  प्लसमा भएका रियर क्यामरा भन्दा उत्कृष्ट र गुणस्तिरीय हुने जनाइएको छ । विगतमा आएका आइफोन सिक्स र आइफोन सिक्स प्लसमा  भएका  रियर क्यामरा कटआउटस रहित थियो ।आइफोनले ४.७ इन्चको  सिङगल लेन्स क्यामरलाई  अप्टिकल स्टेबलाइजरका साथ अझै गुणस्तिरीय रुपमा ल्याउने र ५.५ इन्चको अर्को मोडमा ड्यिुल लेन्स क्यामरा र ३ जिबी र्‍याम जडान गरिने बताइएको छ। एप्पलले आफुहरुले ल्याउने  अप्टिकल इमेज स्टेबलाइजर सहितको क्यामरा नै उक्त मोवाइल बिक्रीको आकर्षणको केन्द्र हुने बताइएको छ।  एप्पलले आइफोन सेभेन सेम्टेम्बर ७  र आइफोन सेभने प्लस सेम्टेम्बर ९ सम्ममा बजारमा ल्याउने विश्वास गरिएको  छ।


Facebook Comment


No ads found for this position