Red Rock Casino Bonus Codes 2025: This competition has been dominated by Real Madrid in recent years, with the country of Spain being praised for special individuals within their national squad.
  • Propriano Casino Login App Sign Up - Firstly, you may take a self-assessment test to check where you stand gambling-wise.
  • Lucky Hill Casino No Deposit Bonus 100 Free Spins: Gaming Club online casino is a good choice overall because it offers a little bit of everything that you would want from a casino website.
  • Crypto Casino gambling online review

    Casino Slot Free Games
    Free spin bonuses are perfect for people who love classic slot and want to increase their profits.
    Play Free Win Real Money New Zealand
    In addition, there is the Golden Sun symbol, the Silver Moon symbol and the pyramid symbol that have special skills.
    Alongside a wide range of pokies, you will find plenty of traditional casino games, including Poker, Baccarat, Blackjack, Roulette and Craps.

    Online cryptocurrency casino with guaranteed winnings

    Gamble Online Ireland
    These start-up capitals have received the name no-safety bonuses.
    Casino Slot Free Games
    Any bonus offers that are combined with a deposit cannot be added alongside another bonus offer on the same deposit.
    20 Free No Deposit Casino Ireland 2025 Ireland

    मंगलबार कांग्रेसका मन्त्रीको टुंगो लाग्ने,को -को बन्दैछन् मन्त्री ?

    नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरुले बुधबार मात्रै सपथ लिने भएका छन्।पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीहरुको नाम सभापति शेरबहादुर देउवाले मंगलबार साँझ वा बुधबार अपराह्नसम्ममा टुंगो लगाइसक्ने बताइएको छ।

    Nepali-congress-Flag-8मंगलबार साँझ वा बुधबार दिउँसोसम्म प्रधानमन्त्री पुष्पकमल दाहाललाई सपथ ग्रहणका लागि लिष्ट पठाउने तयारी भइरहेको छ,’ सभापति देउवानिकट एक नेताले भने।

    साउन २० गते प्रधानमन्त्री भएका दाहालले सरकारमा सहभागी हुने कांग्रेसका मन्त्रीहरुको नाम छिटो पठाउन सभापति देउवालाई सम्झाउँदै आएका छन्। देउवाले नेविसंघको महाधिवेशनपछि मात्र नाम पठाउने जवाफ दिएका थिए।

    तत्काल मन्त्रीहरुको सूची पठाउँदा त्यसबाट कतिपय मन्त्री पदका आकांक्षीहरु रुष्ट हुनसक्ने र त्यसको नकारात्मक प्रभाव पार्टीमा पर्ने देउवाको बुझाइ थियो।

    देउवाले आइतबारदेखि पार्टीभित्र आफ्ना केही विश्वासी पात्रहरुसँग नामावली तय गर्न परामर्श थालेका छन्।

    अब विद्यार्थी संघको अधिवेशन पनि सकियो र सभापति देउवा पनि शुक्रबार उपचारका लागि सिंगापुर जाने भएकाले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन ढिला गर्ने समय सभापतिसँग छैन,’ ती सदस्यले भने।

    ती सदस्यका अनुसार देउवा मन्त्रीको नामावली पठाउने अन्तिम कसरतमा जुटेका छन्। सम्भवत: बुधबारसम्ममा सबै टुंगो लाग्ने ती सदस्यको दाबी छ।

    माओवादीसँगको सत्ता समीकरणमा कांग्रेसको पक्षमा १३ मन्त्रालय रहने सहमति भएको थियो। माओवादी नेता नारायणकाजी श्रेष्ठले शिक्षा मन्त्रालयमा आफू निकट धनिराम पौडेलका लागि दाबी गरेपछि मन्त्रालयको विषयमा कुरो अझै मिलेको छैन। यस विषयमा कुरा मिलाउन देउवाले भारत भ्रमणमा रहेका नेता विमलेन्द्र निधिलाई पर्खिएको स्रोतले दाबी गरेको छ। निधि मंगलबार स्वदेश फर्किएपछि देउवाले मन्त्रीहरुको टुंगो लगाउने वा बुधबार सपथ ग्रहण गर्नु केही अघिसम्ममा टुंगो लगाउने सम्भावना रहेको नेताहरुले बताएका छन्।

    कांग्रेसको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुन १० देखि ११ मन्त्री र झण्डै आधा दर्जन राज्यमन्त्रीका लागि कम्तीमा दुई दर्जनबढी आकांक्षी देखिएका छन्। पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन सभापति देउवाले पार्टी नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्कालाई पनि समेटेर सूची बनाउनुपर्ने भएकाले समस्या छ।

    नेता पौडेलले सरकारमा कम्तीमा ४० प्रतिशत अर्थात् पाँच जना मन्त्री दिन माग गरिरहेका छन्। तर, सभापति देउवाले संसदीय दलको नेताका लागि भएको निर्वाचनमा पौडेलले पाएको ३२ प्रतिशत मतको आधारमा तीन जनाभन्दा बढी दिन नसक्ने बताउँदै आएका छन्।

    सम्मानजनक संख्यामा केही महत्वपूर्ण मन्त्रालय नपाए सरकारमा सहभागी नहुने धम्कीपूर्ण सन्देश पौडेल पक्षले दिँदै आएपछि देउवाले मन्त्रालयको चार जनालाई बनाउन तयार भएको स्रोतले बतायो।

    पार्टी अधिवेशनसँगै विद्यार्थी संघको अधिवेशनमा पनि सहयोग गरेका सिटौलाले दुई मन्त्री र एक राज्यमन्त्री बनाउन देउवालाई आग्रह गरेका छन्। यद्यपि देउवाले सिटौला र खड्कालाई एकएक जनाभन्दा बढी दिन नसक्ने जानकारी गराइसकेका छन्।

    चार पौडल, एक सिटौला र एक खड्काको सिफारिसमा छुट्याउँदा देउवाको कोटामा जम्मा पाँच सिट रहने देखिन्छ।

    पौडेल पक्षभित्र पनि महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव लगायतका नेताहरुको आफ्नै स्वार्थका कारण नाम छनोटमा समस्या परिरहेको छ।

    देउवा पक्षबाट मन्त्री हुन चाहने नेताहरुको लिष्ट लामो छ। सिटौला र खड्का पनि आफ्नो गुटबाट कसलाई सिफारिस गर्ने भन्नेमा अन्योलमा परेका छन्।

    कांग्रेसको भागमा गृह, रक्षा, परराष्ट्र, शिक्षा, स्वास्थ्य भौतिक, शहरी विकास लगायतका १३ मन्त्रालय परेको छ। पछिल्लो समयमा माओवादीका नारायणकाजी श्रेष्ठले शिक्षा मन्त्रालयमा दाबी गरेपछि कांग्रेस शिक्षाको सट्टा माओवादीलाई स्वास्थ्य मन्त्रालय दिन तयार भएको थियो। प्रधानमन्त्री दाहालले खानेपानी मन्त्रालय साना दलका तर्फबाट प्रेमबहादुर सिंहलाई दिन बचन दिएको भन्दै कांग्रेससँग त्यो मन्त्रालय छाडिदिन आग्रह गर्दै आएका छन्।

    कोको बन्दैछन् मन्त्री?

    सभापति देउवाले बुधबारसम्ममा पार्टीभित्र कुरा मिले सबै प्रदेश, जाति, क्षेत्र, समुदायको प्रतिनिधित्व मिलाएर १० देखि ११ मन्त्री र ५ देखि ६ जना राज्यमन्त्रीको नाम प्रधानमन्त्री दाहाललाई बुझाउने भएका छन्।

    सभापति देउवा पक्षबाट मन्त्री बन्नेहरुमा अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण र जीवनबहादुर शाही छन्। साउन २० गते रक्षा मन्त्रालयमा जान सभापति देउवाले गरेको आग्रह अस्वीकार गरेका केसी अहिले शिक्षा अथवा शहरी विकास मन्त्रालयमा जान तयार भएका छन्। त्यसैगरी महतले परराष्ट्र खाँणले रक्षा मन्त्रालय पाउने निश्चित भएको स्रोतले बताएको छ।

    परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएमा सरकारमा सहभागी हुने शेखर कोइरालालाई देउवाले आफ्ना प्रतिनिधिमार्फत अरु कुनै मन्त्रालयमा जान सन्देश पठाएका थिए। तर, कोइरालाले परराष्ट्र मन्त्रालय नपाउने अवस्थामा पार्टीमा रहेरै सभापति देउवालाई सहयोग गर्ने जवाफ दिएको स्रोतले बतायो।

    त्यसैगरी, देउवाका निकटस्थ खाँणले आफूलाई पार्टी पदाधिकारी अथवा जनसम्पर्क हुने पर्यटन मन्त्रालयको जिम्मेवारी दिएमा संगठनमा सहयोग हुने भन्दै आएका छन्।

    देउवाले अम्बिका बस्नेत, फरमुल्लाह मन्सुर, भीष्मराज आङदम्वे, अर्जुन जोशीलाई पनि सरकारमा सहभागी गराउन चाहिरहेका छन्। पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवी यादव आफू सरकारमा पार्टी पदाधिकारीको हैसियतमा पनि सहभागी हुन पाउनुपर्ने भन्दै आएकी छन्। महामन्त्री शशांक कोइरालाले आफू निकट दीपक गिरीलाई एकमात्र सिफारिस गरेको स्रोतको दाबी छ।

    पौडेलले कमला पन्त, नवीन्द्रराज जोशी र बलबहादुर केसीलाई मन्त्री बनाउन चाहेका छन्। प्रकाशमान सिंह र रामशरण महतको चाहना राजेन्द्र केसीलाई मन्त्री बनाउने रहेको छ। पौडेल समूहमा रहेका नेता आनन्दप्रसाद ढुंगाना, हृदयराम थानी, किरण यादवलगायत नेता पनि मन्त्री बन्न चाहिरहेका छन्।

    त्यसैगरी सिटौलाको सिफारिसमा भीमसेनदास प्रधान, गगन थापा र सुधीर सिवाकोटीमध्ये कुनै एक मन्त्री हुने बताइएको छ। खड्काको सिफारिसमा शंकर भण्डारी, मोहनबहादुर बस्नेतको नाम चर्चामा छ। ध्यानगोविन्द रञ्जित, मीन विश्वकर्मा, अब्दुल रज्जाक, मुख्तार अहमद,सीता गुरुङ, तारामान गुरुङ, कन्चनचन्द्र वादेमध्येबाट राज्यमन्त्री बन्ने छन्।


    Facebook Comment


    No ads found for this position