चीनमा बन्यो ४३० मिटर अग्लो सिसाको पुल,

china_glass_bridge_epa_अन्ततः चीनमा विश्वकै लामो तथा अग्लो सिसाको पुल पर्यटकका लागि खुल्ला गरिएको छ । हुनान प्रान्तको चांगचियाचिएमा दुइ पहाडलाई यो पुलले जोडेको छ । यी पर्वतलाई अवतार पर्वत भनिन्छ किनकी यी पर्वतमा चर्चित हलिउड फिल्म अवतारको शुटिंग भएको छ ।

सिन्ह्वाका अनुसार ३ सय मिटरको उचाइमा रहेको यो पुल ४३० मिटर लामो छ र यो पुल बनाउनका लागि ३० लाख डलर खर्च भएको छ ।

china_glass_walkwaयो पुलको पिँध तिन पत्रवाला पारदर्सी सिसाका ९९ वटा प्यानलको प्रयोग गरी बनाइएको छ ।

सिसाको पुलप्रति चीनमा ठूलै आशक्ति देखिएको छ र यस्ता पुलमा सामूहिक योगा तथा विवाह समारोहको आयोजना पनि गर्ने गरिएको छ ।

यद्यपि सिसाको यस्तो पुलको सुरक्षाका विषयमा भने अनेक खालका सवाल उठ्ने गरेका छन् । गत वर्ष पनि चीनमा बनाइउको एउटा सिसाको पुलमा सिसा चर्किएपछि ठूलै हंगामा भएको थियो र पछि केही महिनाको लागि उक्त पुल बन्द गरिएको थियो ।

china_glass_bridgeतर यो पुल भने निकै पक्का रहेको बताइन्छ । यो पुलको मजबूती सावित गर्नका लागि विभिन्न प्रयोग पनि गरिएको छ । यसमा गाडी गुडाइएको छ भने घनले हिर्काएर समेत हेरिएको छ । यो पुलमा एक पटकमा ८०० जना मानिस उभिन सक्दछन् ।

विश्व किर्तिमानी इजरायली आर्किटेक्ट हेम डोटानले यो पुलको डिजाइन गरेका हुन्  ।

china_glass_walkwa2china_glass_walkwa1China's-new-glass-bottom-1China's-new-glass-bottom

२०७३ भदौ ६ गते ८:५९ मा प्रकाशित


Facebook Comment


No ads found for this position