प्रधानमन्त्रीले सोधे- सुमार्गीको पैसा किन रोकियो?

sumargi९ भदौ, काठमाडौं । लामो समयदेखि रोकिएको व्यापारी अजेय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको समूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेको छन्।

 दाहालले सबै अधिकारीको धारणा बुझे पनि कुनै पनि निकायलाई केही निर्देशन दिएका छैनन्।‘कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसँग गतसाता छलफल भएको हो,’ बैठकमा सहभागी एक अधिकारीले भने। ती अधिकारीका अनुसार बैठकमा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपाल, राजश्व सचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका दुई सचिव, अर्थ र प्रधानमन्त्री कार्यालयका केही सह-सचिवहरू र राष्ट्र बैंकका अन्य अधिकारीहरू सहभागी थिए। बैठकमा दाहालले सरकारी अधिकारीसँग रकम रोकिनुको कारण, कानुनी व्यवस्था लगायतका विषयमा जानकारी लिएका थिए।

दाहाल निकटकै व्यापारी सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) का रूपमा नेपाल ल्याउन लागिएको ११ अर्ब रूपैयाँ रोकिएको छ।


Facebook Comment


No ads found for this position