सिम्रिकले दोब्बर दस्तुर तिरेर नबिकरण गर्यो इजाजतपत्र

simrik air९ भदौ, काठमाडौं ।थपिएको समयमा पनि इजाजतपत्र नविकरण नगर्दा खारेजीको  प्रक्रियामा गएको सिम्रिक एयरलाइन्सले निर्धारित भन्दा दोब्बर दस्तुर तिरेर इजाजत पत्र नविकरण गरेको छ।भूलचुकबस नविकरण नभएको भन्दै एकपटकका लागि दोब्बर दस्तुर तिरेर नविकरण गरिदिन सरकारसमक्ष सिम्रिकले आग्रह गरेको थियो। सिम्रिकको उक्त निवेदनमाथि आज बसेको मन्त्रीपरिषदको बैठकले एकपटकका लागि नविकरण गरिदिने निर्णय गरेसँगै इजाजत पत्र खारेज भएर दशदिन सबै जहाज ग्राउन्डेड भएको सिम्रिक एयरलाइन्स पुनः सञ्चालनमा आउने भएको छ।
सिम्रिक एयरको इजाजत पत्र २०७२ वैशाखमै  नविकरण गरिसक्नु पर्ने थियो । अहिले एयरलाइन्सले नविकरण गर्नुपर्ने म्याद १ वर्ष ४ महिना नाघिसकेको छ। नागरिक उड्डयन प्राधिकरणले इजाजतपत्र नविकरण नभएका कारण एओसी पत्र पनि नविकरण गरेको छैन। जसका कारण गत साउन ३० देखि सिम्रिक एयरलाइन्सका ४ वटा जहाज ग्राउन्डेड छन ।
यता हवाई क्षेत्रको मुख्य नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सलाई इजाजत पत्र नविकरणनै नगराई एओसी नविकरण दिदै आएको पनि भेटिएको छ । विगत डेढ वर्षदेखि एयरलाइन्स इजाजतपत्र नवीकरण नै नगरी सिम्रिक एयरलाइन्सको उडान अनुमति सर्टिफिकेट  (एओसी) नविकरण गर्दै आएको थियो ।
गत २०७३ असार २९ गते एक महिनाको लागि पा्रधिकरणले एओसी नविकरण गरेको थियो । तर आइतवारबाट एओसी नविकरण सकिएको र पुनः नकिवरण गर्नको लागि प्राधिकरणले नमिल्ने भनेपछि उसका सवै जहाज ग्राउन्ड भएका थिए ।


Facebook Comment


No ads found for this position