किन खुलेन तातोपानी?

१० भदौ, काठमाडौं । तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ। नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको छ।
सामान मात्र ल्याउने गरी नाका सुचारू गर्न हिउँदमा कुनै समस्या नरहेको चीनको सर्त छ। त्यसका लागि प्रवन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता नगरेको उसको भनाइ छ।
न्योल (कुती) बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ ड्राइपोर्ट बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनको प्रस्ताव छ। तर त्यसमा नेपाल सरकारले तदारूकता नअपनाएको उसको गुनासो छ।