दसैंका लागि असोज पहिलो साता अग्रिम टिकट खुल्ने

bus-1११ भदौ, काठमाडौं ।  आगामी १५ असोजको घटस्थापनाका दिनबाट सुरूहुने दसैंका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो साताबाट खुल्ने भएको छ।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा दसैंका लागि राजधानीबाट विभिन्न गन्तब्य हुँदै गाउँ घरसम्म पुग्ने यात्रुको लागि आगामी असोजको पहिलो साताबाट टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागले जनाएको खबर  छ।


Facebook Comment