किन पक्राउ परेनन् संघाई

११ भदौ, काठमाडौं । लागूऔषध तसकरी जस्तो गम्भीर मुद्दामा फरार अभियुक्त उद्योगी/व्यवसायी पवन संघाईलाई पक्राउ गर्न प्रहरी अझैं असफल बनेको छ।
लामो समयसम्म संघाई पक्राउ नपर्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ।
अनुसन्धानमा अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाएको नेपाल प्रहरीले ठूला व्यापारिक घरानका मालिक संघाईलाई अहिलेसम्म पक्राउ गर्न सकेन भन्ने प्रश्न आमनागरिकले उठाउन थालेका हुन्।
लागूऔषध तस्करी प्रकरणको छानबिन अघि बढाउने क्रममा प्रहरीले संघाईले सञ्चालन गरेको सबै कम्पनीमाथि अनुसन्धान अघि बढाएको बताउँदै गर्दा संघाई ग्रुपका अन्य व्यक्तिलाई प्रमाण नष्ट गर्न सक्ने आशंकामा सामान्य सोधपुछ पनि नगरी प्रहरी बसेको छ।
यो कार्यले कतै अभियुक्तसँगै मिलेमतोमा देखावटी मुद्दा बनाएर अदालतमा मात्रै हाजिर गराउने नियत त होइन भन्ने आशंका जन्माएको छ।लागूऔषध व्यूरोले संघाइ चाडै पक्राउ पर्छन् भनेपछि नतिजा शून्य देखिएको प्रहरीभित्रै छानबिन र अनुसन्धानको विषयमा बहस हुन थालेको छ।