मुग्लिनको बाटो ज्यान सधैं धरापमा

bus११ भदौ, काठमाडौं ।नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ। त्यहीमाथि विस्तारका नाममा सडक विभागले सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन्।

चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ मुग्लिन सडकको कालीखोलाखण्ड निकै जोखिमपूर्ण रहेकाे छ।

‘दुर्घटना भएको बस खसेको ठाउँमा सडक साँगुरो छ। खाल्डाखुल्डी धेरै छन् । त्यही ठाउँमा प्याराफिट पनि छैन,’ उनले भने, कि ड्राइभर झुक्किएर खस्यो कि निदायो भन्ने अनुमान गर्न सकिन्छ ।’ ड्राइभरकै मृत्यु भएकाले बस दुर्घटनाको अनुसन्धानमा कठिनाइ भएको छ ।

घटनास्थल पत्ता लगाउन र उद्धारको लागि धेरै समय लागेको मुग्लिन इलाका प्रहरी कार्यालयका इन्चार्ज योगबहादुर हमालले बताए।


Facebook Comment


No ads found for this position