बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन पहल गर्छु :प्रधानमन्त्री

१२ भदौ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताएका छन् ।

बारपाकका भूकम्प प्रभावितहरुको प्रतिनिधि मण्डलसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुर्ननिर्माण र नवनिर्माण गर्नुपर्ने बताए ।

भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको भन्दै प्रधानमन्त्रीले बारपाकलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन आफ्नो तर्फबाट पुरै सहयोग र साथ रहने बताए ।


Facebook Comment


No ads found for this position