जहाज उडाएरै फर्कदै गर्दा पक्राउ परे बुद्ध एयरका पाइलट

१३ भदौ, काठमाडौं । जहाज उडाएर फर्कदै गर्दा बुद्ध एयरका को पाइलट पक्राउ परेका छन्। नक्कली प्रमाणपत्रको आरोपमा को पाइलट स्वछन्द घले पक्राउ परेको छन्।

pailot-450x299केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई चार दिनअघि पक्राउ गरेको हो। आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआजी नवराज सिलवालले बताए। उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए। उनको विमान चालक अनुपति पत्र नम्बर ४०५ थियो।

घलेको सर्टिफिकेट साथी राजकुमार श्रेष्ठले बनाइदिएका थिए। श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ। श्रेष्ठ हवाइ इन्जिनियर हुन्।

पक्राउ परेका दुवैविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा कारबाही अघि बढाइएको सिआइबीले जनाएको छ । सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलटविरुद्ध अप्रेसन ह्वाक अभियान चलाउँदै आएको छ ।

यसअघि सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलट विशाल कार्कीलाई तीन महिनाअघि पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि जेलमा छन् । कार्कीलाई पक्राउ गरेपछि एक दर्जनभन्दा धेरै पाइलटले राजीनामा दिइसकेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्रबारे जाँच गर्ने बलियो सिस्टम नहुँदा नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक, पाइलट तथा इन्जिनियर बन्ने प्रचलन देखिएको छ ।


Facebook Comment


No ads found for this position