अब सय ग्रामसम्म टुक्रा सुन ल्याउन पाइने

१३ भदौ, काठमाडौं । अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ ।

Goldएक केजीको टुक्रा मात्रै आयत गर्न खरिद बिक्रीमा समस्या भएको भन्दै साने परिमाण्का टुक्रा  सुन पनि आयात गर्न पाइने व्यवस्था गर्न लागिएको हो ।

अहिलेसम्म एक केजीभन्दा सानो परिमाणको टुक्रा भएको सुन आयत गर्न पाइने व्यवस्था नभएको  छ ।

यस्तो व्यवस्था परिवर्तन गरेर १ सय २ सय ५ सय र एक केजी परिमाणको टुक्रा सुन आयत गर्न पाइने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए ।सानो परिमाणको टुक्रा आयत अनुमतिका लागि राष्ट्र बैंकले वाणिज्य मन्त्रालयसँग सहमति मागेको छ ।


Facebook Comment


No ads found for this position