कांग्रेस माओवादीले लोकमानविरुद्धको प्रस्तावमा छलफल गराउन चाहेनन्

lokmansing१३ भदौ, काठमाडौं । सत्तासीन नेपाली कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदमा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ  ।

सभामुख ओनसरी घर्तीद्धारा गठित प्रस्ताव छनोट समितिका कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले संवैधानिक निकायका पदाधिकारीविरुद्ध ध्यानाकर्षणको प्रस्तावमा छलफल नगर्न संसद नियमावलीले नदिने भन्दै कार्कीविरुद्ध प्रस्ताव अघि बढाउन नहुने अडान राखेका छन् ।

कांग्रेस सांसद -हाल स्वास्थ्य मन्त्री) गगन थापा प्रस्तावक कांग्रेसकै धनराज गुरुङ र माओवादी केन्द्रको कोटामा मन्त्रिपरिषदबाट सांसद नियुक्त भएका श्याम श्रेष्ठ समर्थक रही चिकित्सा क्षेत्रको समग्र सुधार र अख्तियार प्रमुख कार्कीविरुद्ध डा गोविन्द केसीले लगाएका आरोपका विषयमा छलफल र्गुपर्ने भन्दै भदौ ६ गते संसुदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्ताव छलफलमा लैजाने वा नलैजाने भन्नेमा निर्णय गर्न गठित समितका सत्तासिन कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले उक्त प्रस्ताव छलफलमा नलैजाने निर्णय गरेका हुन् ।


Facebook Comment


No ads found for this position