आयल निगम र खाद्य संस्थान बजेटविहीन

भाद्र १४, | चालू आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्न लाग्दासमेत आपूर्ति मन्त्रालयअन्तर्गका दुई वटा मुख्य सार्वजनिक संस्थान नेपाल आयल निगम र नेपाल खाद्य संस्थान बजेटबिहीन भएका छन्।

NEPAL-OIL-PATHLAIYA-DEPOTदुई संस्थानका प्रमुखको अक्षमताका कारण डेढ महिनासम्म बजेट सञ्चालक समितिसम्म नपुगेको आपूर्ति मन्त्रालयले जनाएको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

‘संस्थानका दुई प्रमुख मन्त्रालयप्रति जिम्मेवार नै भएनन्, आपूर्ति मन्त्रालयल स्रोतले भन्यो, ‘निर्देशन दिँदा पनि पालना गर्दैनन्, निगमले बजेट पास नगरी साउनको पारिश्रमिक कर्मचारीलाई दिएको छ।’

आपूर्ति सचिव श्रीधर सापकोटा र नेपाल आयाल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काबीच ग्यास बुलेट खरिद प्रक्रियामा विवाद भएपछि बजेट पास हुन सकेको छैन ।

बजेट निगमका सञ्चालक समितिबाट पारित गरेर कार्यान्वयन गर्नुपर्छ । तर, सञ्चालक समितको बैंठकसमेत बस्न सकेको छैन ।  समितिका अध्यक्ष आपूर्ति सचिव सापकोटा र सदस्य सचिव खड्का हुन् ।

बजेट नभए डिपो क्षमता विस्तारको काम ढिलाई हुनका साथै पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या पर्नेछ ।


Facebook Comment


No ads found for this position