विश्वकै धेरै तौल भएको स्याउ

appleकेही रेकर्डहरु बनाइरहनु पर्दैन, आफैैँ बन्छन्। जस्तै विश्वकै ठूलो, लामो, भारी केही कुरा। प्राकृतिकरुपमा बनेका यस्ता रेकर्ड तोडिन प्रकृतिमै भर पर्नुपर्छ।
यस्तै प्राकृतिकरुपमा रेकर्ड बनाउन सफल भएको छ विश्वकै भारी तौलको स्याउले। जापानको एक फार्ममा उत्पादित यो स्याउले गिनीज बुक अफ रेकर्डस्मा आफ्नो रेकर्ड बनाएको छ। १.८ किलोको उक्त स्याउ जापानको हिरोसाकी शहरका चिसातो इवासाकीले फलाएका थिए।  यो सन् २००५ को अक्टोबर २४ मा पत्ता लागेको यो स्याउ जापानी होकुतो जातको हो जुन फुजी र मुत्सुको हाइब्रिड हो।


Facebook Comment


No ads found for this position