विद्युत् लाइन काटिएपछि ५ करोड बक्यौता उठ्यो

nea_electrictyभाद्र १४ | नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेपछि ५ करोड ३० लाख रुपैयाँ बक्यौता उठेको छ । प्राधिकरणले २ हजार ९ सय ५४ ग्राहकको लाइन काटेको छ ।

उनीहरूले तिर्नुपर्ने महसुल १८ करोड ९ लाख रुपैयाँ छ । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईका अनुसार, लाइन काटिएकामध्ये १ हजार २ सय ४४ ग्राहकले बक्यौता महसुल तिरी लाइन सुचारु गराएका छन् । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका मुलुकभरका ९६ वितरण केन्द्रले महसुल नतिर्ने ग्राहका लाइन काट्ने अभियान चलाइरहेका छन् । यसैबीच प्राधिकरणले मिटर नदिँदा धनुषाका करिब २ सय घरधुरीले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको पाइएको छ ।

जनकपुर वितरण केन्द्रबाट नजिकै धनेश्वर दास र रामप्रसाद दासको नाममा रहेको जग्गाभित्र बनेका झन्डै दुई सय घरधुरीले मिटर प्रयोग नगरी बिजुली बालिरहेका हुन् । यसबाट प्राधिकरणले मासिक रूपमा लाखौँ रुपैयाँ गुमाइरहेको छ ।


Facebook Comment


No ads found for this position