Free Play Online Casino Games Canada: Once you choose a venue and register, it is important to make a deposit before you start playing.
  • Best Blackjack Casino In Australia - The games and sports betting coverage is unique, with an even more impressive eSports and Live pokies section.
  • Casinos Not Registered With Gamstop: New rewards are also in the works for both Saturday and Sunday.
  • Pics of slot machines

    Online Bingo No Deposit Bonuses Canada
    VeryWell Casino offers a massive variant of slot games, including Book of Ra, Demi Gods 3, Safari Sam, Book of Ming, Fortune Dogs, Majestic king, Rainbow Wilds, 100 Monkey, among others.
    Twinsbet Casino No Deposit Bonus 100 Free Spins
    NetEnt Touch is one of the best examples of this history for pioneering initiatives.
    Players can check the online casinos terms and conditions to see what authority the site is regulated by.

    Australian coin slot machine

    Listing Of Casinos In Australia
    The player from South Africa had her winnings confiscated for an unknown reason.
    Canada Casino 2025
    But keep in mind that you lose it all in subsequent tries if you lose.
    Best Real Money Casino Apps For Iphone

    माटोमा कुँदिएका सपना

    अमृत भादगाउँले

    भाद्र १४ | कामै पाइन्न, नेपालमा बसेर के गर्ने भन्दै हाम्रा युवा श्रम बेच्न विदेश जान्छन्। स्वदेशमै रोजगारीको वातावरण बनाउन खोज्नेको संख्या थोरै छ। हाम्रा परम्परागत सीपलाई आधुनिकतामा ढाल्ने हो भने यहीँ नाम र दाम कमाउन सकिन्छ। त्यस्तै एउटा उदाहरण हुन्, हरिशरण प्रजापति।

    mutiभक्तपुरको सूर्यविनायक नगरपालिका–५ पाण्डु बजारमा उनको ‘हरिवोल सेरामिक्स’ छ। त्यहाँबाट उत्पादन हुने ९५ प्रतिशत सामान विदेश पुग्छ। बिशेषतः नेदरल्याण्ड, बेल्जियम र जर्मनीका भान्छा, बैठक र बगैंचामा। त्यसबाहेक अमेरिका, इटाली र सिंगापुर पनि उनको बजार। बाँकी ५ प्रतिशत मात्र स्वदेशमै खपत हुन्छ।

    नेवार समुदायमा प्रजापति थर लेख्नेहरुको पुर्ख्यौली पेशा माटोका भाँडा बनाउनु हो। प्लाष्टिक, आल्मुनियम लगायतका भाँडावर्तन सजिलै नपाइने युगमा माटोबाट बनेका भाँडाको खपत बढी हुन्थ्यो। तर, अहिले समय बदलिसक्यो।

    त्यही समुदायमा हुर्के बढेका हरिशरणले बिल्कुल फरक काम गरेका होइनन। बनाउन त भाँडा नै बनाएका हुन्। बस, परम्परागत सीप परिमार्जन गरे। त्यसैले त उनको माग युरोप र अमेरिकासम्म छ। उनको कारखानामा श्रीमति लक्ष्मी र उनी दिनरात खटिन्छन्। त्यहाँ अरु ६ महिलाले पनि काम पाएका छन्।

    उनी युरोपेलीलाई चाहिने टुथ पिक राख्ने भाँडादेखि कोठा र बगैंचा सजाउने सामानसम्म बनाउँछन्। कप, प्लेट, कचौरा, फुलदानी, गमला आदि। साथै माछा, कछुवा, कुकुर, बिरालो, लाटेकोसेरो, क्रिसमस परि आदि बनाउँछन्।

    बुद्धका मूर्तिको माग ठूलो छ। किसिम किसिमका बनाउँछन्। ‘घाँटीमा झुण्डयाउने १.५ सेमी देखि ३ फिट सम्मको बनाउँछौं’, उनी भन्छन्, ‘बुद्ध मूर्ति मात्र सय किसिमका बन्छ।’

    मूर्ति पनि कस्ता! कस्ता! कुनै ढलौट, कुनै ढुँगा, कुनै सेरामिक्स, कुनै तामा र कुनै काठबाट बनेका जस्ता। मान्नै पर्छ कलाकारिता। सबै माटोबाटै बनेका!

    नेपाली कला विदेश पुर्‍याएर पर्यटन प्रर्बधनमा समेत योगदान पुर्‍याउँदै छन् उनी। आफ्नै विवेकले उनी सामानको डिजाइन गर्छन। कहिलेकाहिँ युरोपेलीले पनि सुझाउँछन्। बर्सेनी सामानमा केही न केही परिवर्तन गर्छन। पुरानो मोडल बिर्संदै जान्छन्। नयाँ स्वरुपमा उत्पादन ल्याउँछन्। त्यसैले त उनलाई प्रतिस्पर्धि बजारमा टिकाएको छ।

    उनले २०५३ सालमा हरिवोल सेरामिक्स खोले। त्यसको पछिल्लो वर्षदेखि विदेशमा सामान पठाउन थाले। एउटा विदेशीको आग्रहमा बत्ति बाल्ने पाला बनाएका थिए। विदेशीले त्यसलाई मन पराएपछि उनी सुरुका दिनमा अष्ट्रेलिया सप्लाई गर्न थाले। पछि युरोपमा जमे।

    उनले माटोसँग खेल्न थालेको धेरै वर्ष भैसक्यो। भक्तपुर नगरको बोलाँछे टोलमा जन्मे/हुर्केका हरिशरण सानैदेखि फरक काम गर्थे। तिनताका पैसाको अनुहार देख्न सजिलो थिएन। साथीहरुले पैसा खेलाएको देख्दा उनी मनमनै भन्थे, ‘म काम पनि गर्छु। पैसा पनि कमाउँछु।’

    त्यसैले ७ वर्षको उमेरदेखि नै बाबु र हजुरबुबाले मुछेको माटोबाट ट्रयाक्टर, बस, टिभी, आदि बनाउँथे। त्यसलाई बेचेर चकलेट, बरफ लगायत किन्थे। दशैतिहारमा लँगुर बुर्जाका गट्टि बनाउँथे। ‘काँचो गट्टिको १, पोलेको २ र रंग लगाएका गट्टि ३ रुपैयाँमा बेच्थें’, ४२ वर्षे हरिशरणले शुक्रबार पुराना दिन सम्झे।

    उनले शारदा माविबाट एसएलसी गरे। त्यस भन्दा माथि पढ्ने मेसो मिलेन। व्यावहारिक ज्ञान हेर्दा उनले माटोको कलाकारितामा पिएचडि गरिसके भन्दा हुन्छ। बुबा कृष्ण प्रजापतिले संख्यामा होइन, गुणस्तरमा ध्यान दिनु पर्छ भनेर सिकाए। त्यसकै प्रभाव उनको कलाकारितामा पर्‍यो।

    उनी १५ वर्षको हुँदा जीवनले नयाँ मोड लियो। बुबा ठूल–ठुला भाँडावर्तन, घैला, सुराई आदि बनाउँथे। हरिशरण चाहिँ त्यसकै सिको गरेर स्याना स्याना डमी बनाउँथे। यस्तैमा भक्तपुर अध्ययन गर्न आएका स्वीडेनका दुई नागरिकको ध्यान उनमा पर्‍यो। तिनले उनका तस्बिर खिचे। त्यो तस्बिर जर्मन प्रोजेक्टका हाकिम डेनिसकोमा पुर्‍याए। तिनले डेनिसलाई भने, ‘यो केटाले केही गर्छ। मद्धत गर्नु पर्‍यो।’

    त्यो बेला जर्मन परियोजना भक्तपुर नगर जिर्णोदार गरिरहेको थियो। त्यसले सेरामिक्स विकास परियोजना पनि चलाइसकेको थियो। डेनिसले तस्बिर हेरेपछि हरिशरणलाई लिन पठाए।

    परियोजनाबाट उनले ४ महिने तालिम पाए। थप तालिम लिन भारतको मद्रास पठाइयो। त्यहाँ ६ महिना बसेर फर्के। हाम्रोमा ०४६ सालको परिवर्तन हुँदा उनी मद्रासमै थिए।  उताबाट फर्केपछि कालिमाटीको हस्तकलामा जागिर खाए। सेरामिक्सकै काम गरे। अनुभवी बने।

    ‘कति अर्काको जागिर खाने, आफैं केही गरौं भनेर’ उनले हरिवोल सेरामिक्स दर्ता गरे। त्यसपछि फर्केर हेर्नु परेको छैन। एकपछि अर्को सफलताका सिँढी चढिरहेका छन्। सुरुका दिनमा एयर कार्गो गरेर सामान विदेश पठाउँथे। अचेल पानी जहाजमा पठाउँछन्। वीरगञ्ज हुँदै कलकत्ता पुर्‍याएर पानी जहाजमा युरोप पुग्न डेढ महिना लाग्छ।

    ‘हामी वर्षका दुई कन्टेनर सामान पठाउँछौं’, उनले अनुहार उज्यालो पारे, ‘४२ औं कन्टेनर सामान पठाइसक्यौं।’

    कलाकृति त विदेश पुगिरहेकै छन्। उनी पनि ती देश घुमिसके। पहिलोपटक सन् २००० मा हल्याण्ड घुमे। त्यसपछि जर्मन र बेल्जियम। विदेश घुम्दा त्यहाँका जीवनशैली र मान्छेको रुचि बुझ्न पाइन्छ। त्यो बुझेर कला परिमार्जन गर्ने मौका मिल्छ।

    ‘विदेशमा सिकेर नेपालमा केही गर्छु भन्नेलाई सरकारले प्रोत्साहन दिनु पर्छ’, उनी सुझाउँछन्, ‘परम्परागत शैलीमा अल्झेकाहरुलाई सामयिक शिक्षा र तालिम दिने दायित्व राज्यको पनि हो।’

    उनका उत्पादनको मुल्य ५ देखि १२ हजार रुपैयाँसम्म पर्छ। उनलाई भ्याई नभ्याई छ। खाने र सुत्ने टुँगो छैन। धेरैबेर सुते चार घन्टा मात्रै हो भन्छन्।

    समग्रमा, उनले बाबुको बिँडो मात्र थामेनन्, सँगै उद्यमशिलता पनि बिकास गरे। खासमा एक ढिक्का माटो हुनेवित्तिकै कुमालेको चक्र घुम्छ। माटोसँग खेली खेली दुई–चार पैसा कमाउन सकिन्छ।

    ‘म प्रजापति भएर जन्मेकामा आफुलाई भाग्यमानी ठान्छु’, उनले सुनाए, ‘हामीले नोकरी खोज्दै हिँड्ने होइन। अरुलाई नोकरी दिने क्षमता विकास गर्नु पर्छ।’

    एकैछिन सोचौं त, हरिशरणले झैं सबैले आ–आफ्ना पुर्ख्यौली सीपलाई समयको चक्रमा घुमाउन सके कमाउनै भनेर विदेश भौतारिनु पर्छ र? नविन सोच, निरन्तर प्रयास र धैर्यताले सफलता हात लाग्छ। शुभकामना उद्यमी हरिशरण प्रजापतिलाई!


    Facebook Comment


    No ads found for this position