Roulette Strategy Martingale: Get our EXCLUSIVE Resorts Online Casino promo code for new players who sign up in New Jersey.
  • Best Online Casino Mobile New Zealand - The number of free spins can be increased with the help of scatters.
  • Best Casino Sites Reviews: Fortunately, bitcoin casinos not on GamStop process withdrawal transactions much faster than regular casinos which require a processing period of three to five working days.
  • Online slots welcome no deposit bonus

    Gambling Apps Real Money
    Once you have found a safe operator with a satisfying amount of games and good payout, you can confidently make your first deposit.
    Does Anyone Win Online Slots
    This exciting layout doesnt come with a price and the pages load quickly across all platforms.
    You can take a try to catch a big win.

    Free slot machine crypto casino

    Pokies Parlour Casino No Deposit Free Spins Bonus Codes
    Play Rainbow Ryan at the best Yggdrasil casinos online - reviewed and approved.
    Best Deposit Bonus Casino 2025
    The World Series of Poker is back.
    Jlbet Casino 100 Free Spins Bonus 2025

    यी हुन विज्ञको रोजाइमा परेका सेयर

    कमल नेपाल

    १४ भदौ, काठमाडौं । जसलाई सेयरको ज्ञान छैन वा बजारका गतिविधिलाई पछ्याइराख्ने फुर्सद हुँदैन उसलाई म्युचुअल फन्डको एकांक किन्ने सल्लाह दिइन्छ। म्युचुअल फन्डहरुले तिनै ज्ञान र समय नभएका बचतकर्ताबाट पुँजी संकलन गरेर सेयर बजारमा लगानी गर्छन्।
    यसरी लगानी गर्दा म्युचुअल फन्डहरुले आफ्नो विज्ञताको भरपुर उपयोग गरेका हुन्छन्। सेयर छनोट गर्ने विज्ञहरुको समूह नै हुन्छ। सेयर किनबेच गर्ने अनेकौं रणनीति हुन्छन्। विश्लेषणका थुप्रै आधारहरु हुन्छन्। तिनै रणनीति र विश्लेषणका आधारमा म्युचुअल फन्डहरुले छनोट गरेका सेयरको चर्चा यहाँ गरिएको छ।
    म्युचुअल फन्डको लगानीकै आधारमा कतिपय सेयर लगानीकर्ताले आफ्नो पोर्टफोलियो बनाउने गर्दछन्। सेयर सम्बन्धी जानकारीको अभाव हुनेलाई पनि ‘म्युचुअल फन्ड’को लगानी ‘पथप्रदर्शक’ बन्ने गरेको छ।
    मर्चेन्ट बैंक एसोसिएसनका अध्यक्ष तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रविनरमण पराजुलीका अनुसार विभिन्न वित्तीय सूचकहरुका अतिरिक्त कम्पनीको कार्यसम्पादन, ख्याति, लाभांश दिनसक्ने क्षमता, सञ्चालन क्षमता जस्ता विषयलाई प्राथमिकतामा राखेर सेयर लगानीका लागि कम्पनीहरु सिफारिस हुने गर्दछ।
     उनले भने ‘पफर्मेन्स, ब्लुचिप, ग्रोथ, स्टेबल पे आउट, अपरेटर क्यापासिटी जस्ता कुरालाई महत्व दिइन्छ, यीनै कारणले भोलिको लाभांश तथा मूल्यमा प्रभाव पर्ने हो ।’सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिम्सिना ‘फन्डामेन्टल एनलाइसिस’लाई महत्व दिएर कम्पनीको सेयर छनोट हुने बताए। यसअन्तर्गत कम्पनीको कार्यसम्पादन, ब्यालेन्स सिट, क्यास फ्लो स्टेटमेन्ट, आय विवरणजस्ता वित्तीय विवरणहरु हेरिन्छ र लगानी, होल्ड वा बिक्रीको निर्णय गरिन्छ।
    ‘सेयर किन्नुअघि निश्चित मूल्यमा बेच्ने गरी टार्गेट प्वाइन्ट तोक्छौँ, तर मजबुत हुनेगरी कम्पनीका आधारभूत पक्ष थपिए भने होल्ड पनि गर्न सक्छौँ,’ तिम्सिनाले भने। लगानीका लागि ‘टाइम होराइजन’ पनि अर्को महत्वपूर्ण पक्ष रहेको बताउँदै विश्लेषकहरुले सकेसम्म छोटो समयमै धेरै लाभ आउने खालका सेयरमा लगानी गर्नु उपयुक्त हुने बताउँछन्।
    आर्थिक वर्षको ३–३ महिनामा अपरिस्कृत वित्तीय विवरणमार्फत म्युचुअल फन्ड लगानीको विवरण सार्वजनिक हुने गर्दछ। कम्पनीको कार्यप्रदर्शन तथा वित्तीय अवस्थाअनुसार म्युचुअल फन्डको लगानी हिस्सा पनि फेरबदल भइरहन्छ। त्यहीअनुरुप लगानीकर्ताले आफ्नो ‘पोर्टफोलियो’मा कम्पनी तथा लगानीको हिस्सा हेरफेर गर्न सक्छन्।
    हालसम्म विभिन्न ६ वटा मर्चेन्ट बैंकले ७ वटा म्युचुअल फन्डका योजना जारी गरेका छन्। चार म्युचुअल फन्ड जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा छन्।
    सिद्धार्थका दुई, एनआइबिएल, नबिल, ग्लोबल आइएमई, लक्ष्मी र एनएमबी क्यापिटलका एकएक म्युचुअल फन्ड जारी भई कारोबार गरिरहेका छन्।  धितोपत्र बोर्डमा नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल इक्विटी फन्ड, एनएमबी क्यापिटलले एनएमबी हाइब्रिड फन्ड, एनआइबिएल क्यापिटलले एनआइबिएल प्रगति फन्ड र लक्ष्मी क्यापिटलले लक्ष्मी म्युचुअल फन्ड जारी गर्नका लागि आवेदन दिएका छन्। जारी भएका म्युचुअल फन्डको लगानी वाणिज्य बैंकहरुको सेयरमा बढी छ। ५० प्रतिशत बढी लगानी सो समूहमा रहेको छ।  वाणिज्य बैंकहरुमध्येमा एभरेष्ट, स्टान्डर्ड चार्टर्ड, नेपाल एसबिआई जस्ता विदेशी लगानीका बैंकहरु अधिकांशको प्रमुख रोजाईमा परेको देखिन्छ।
    त्यस्तै नबिल बैंक र सिद्धार्थ बैंकमा पनि म्यूचुअल फन्डको लगानी ठूलै देखिन्छ। जलविद्युत समूहतर्फ सबैको प्रमुख रोजाई ‘चिलिमे हाइड्रोपावर’ कम्पनी देखिन्छ भने बिमा समूहतर्फ नेपाल लाइफ, नेसनल लाइफ, सगरमाथा लाइफ, एनएलजी, शिखर तथा प्रभु इन्स्योरेन्स कम्पनी प्रमुख आकर्षक मानेको देखिन्छ।सरकारी स्वामित्व रहेको जलविद्युत लगानी तथा विकास कम्पनीको सेयरमा पनि ठूलो हिस्सा लगानी भएको देखिन्छ। आइपिओमै धेरै पाएकाले अधिकांश म्युचुअल फन्डको ठूलो लगानी हिस्सा यो कम्पनीमा रहेको छ।
    गत आर्थिक वर्षको अन्त्यसम्म सेयर लगानीका लागि मर्चेन्ट बैंकका विज्ञहरुले उत्कृट ठानेका ५ कम्पनीहरु यस्ता छन्। 
    नबिल ब्यालेन्स फन्ड १ 
    छानिएका कम्पनीहरु लगानी रकम (करोडमा) कुल लगानीमा हिस्सा
    एभरेष्ट बैंक १०.८३ ६. ४१ प्रतिशत
    शिखर इन्स्योरेन्स ८.१० ४.७९ प्रतिशत
    नेपाल एसबिआई बैंक ७.५९ ४.४९ प्रतिशत
    जलविद्युत लगानी तथा विकास क ६.४९ ३.८४ प्रतिशत
    एनएलजी इन्स्योरेन्स ६.४६ ३.८२ प्रतिशत

    एनआईबिएल सम्वृद्धि फण्ड १

    छानिएका कम्पनी लगानी रकम (करोडमा) लगानी हिस्सा
    जलविद्युत लगानी तथा विकास कम्पनी ६.४९ ५. ३० प्रतिशत
    स्टाण्डर्ड चार्टड बैंक ६.०० ४. ९० प्रतिशत
    नेसनल लाइफ इन्स्योरेन्स ५.८५ ४. ७८ प्रतिशत
    चिलिमे हाइड्रोपावर ५.५२ ४. ५० प्रतिशत
    सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ १ ४.०६ ३. ३१ प्रतिशत
    लक्ष्मी भ्यालु फण्ड १
    छानिएका कम्पनी लगानी रकम (करोडमा) लगानी हिस्सा
    नेपाल लाइफ इन्स्योरेन्स ४. ५३ ८. ४३ प्रतिशत
    प्रिमियर इन्स्योरेन्स ४.३३ ८. ०६ प्रतिशत
    जलविद्युत लगानी तथा विकास क ४.३३ ८. ०५ प्रतिशत
    सिद्धार्थ बैंक ३.४९ ६. ५० प्रतिशत
    शिखर इन्स्योरेन्स २.८८ ५. ३५ प्रतिशत
    सिद्धार्थ लगानी वृद्धि योजना 
    छानिएका कम्पनी लगानी रकम (करोडमा) लगानी हिस्सा
    एभरेष्ट बैंक ६.८७ ५.०४ प्रतिशत
    एनएलजी इन्स्योरेन्स ५.४० ३. ९६ प्रतिशत
    सगरमाथा इन्स्योरेन्स ४.९९ ३. ६६ प्रतिशत
    प्रभु इन्स्योरेन्स ४.७८ ३. ५१ प्रतिशत
    नेपाल एसबिआई बैंक ३.३८ २.४८ प्रतिशत

    ग्लोबल आईएमई समुन्नत १

    छानिएका कम्पनी लगानी रकम (करोडमा) लगानी हिस्सा
    लाइफ इन्स्योरेन्स कम्पनी नेपाल ७.०० ८.६९ प्रतिशत
    सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट ६.०१ ७.४६ प्रतिशत
    स्टाण्डर्ड चार्टड बैंक ५.३० ५.५८ प्रतिशत
    नेसनल लाइफ इन्स्योरेन्स ४.६८ ५.८१ प्रतिशत
    नविल बैंक ४.०५ ५.०३ प्रतिशत

    एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड १

    छानिएका कम्पनी लगानी रकम (करोडमा) हिस्सा
    नबिल बैंक (संस्थापक) ३.६६ ४.०४
    नेपाल टेलिकम ३.०१ ३.३२
    सिद्धार्थ बैंक २.६१ २.८८
    हिमालयन बैंक २.५७ २.८३
    जलविद्युत लगानी तथा विकास कम्पनी २.४९ २.७५

     

     


    Facebook Comment


    No ads found for this position