गृहमन्त्री निधि र एमाले नेता भिम रावल बिच चर्काचर्की

भाद्र १४ ।नेपालको संविधान संशोधनका विषयमा भारत सरकारसँग औपचारिक छलफल गरेको भन्दै आजको तीन दलीय बैठकमा एमाले नेता भीम रावल र कांग्रेस नेता तथा गृह मन्त्री बिमलेन्द्र निधिबीच चर्काचर्की भएपछि प्रधानमन्त्री पुष्पकमल दाहलेले हस्तक्षेप गरेर बैठक साम्य पारेका छन्।

बैठकमा एमाले नेताहरुले भारतलाई संविधान संशोधनका विषयमा लेखेको पत्र सार्वजनिक गर्न माग गरेका थिए।

‘संविधान संशोधन नेपालको निजी मामिला हो। त्यस विषयमा नेपाल सरकारले भारतलाई कस्तो औपचारिक पत्र लेखियो त्यसको सार्वजनिक गर्नुपर्ने माग राखेका थियौं,’ बैठकमा उपस्थित एमाले नेता प्रदिप ज्ञवालीले भने, ‘त्यसपछि सरकार पक्षबाट कुटनीतिक पत्र सार्वजनिक गर्दा त्यसको नजिर राम्रो हुँदैन, बरू माथिल्लोस्तरका केही नेतालाई उक्त पत्र देखाएर विश्वासको वातावरण बनाउँ भनेर सरकारले बिचको बाटो रोज्नूपर्छ।’

त्यसपछि निधिले एमाले र अन्य पार्टीले विदेशीको पैसा लिने र संविधान निर्माणमा उनीहरुको सुझाव लिने गरेको भन्दै अहिले भारतसँग संविधान संशोधनका विषयमा छलफल गर्दा आपत्तिजनक हुनुहुँदैन भनेर आफ्ना कुरा राखेका थिए।

timthumbत्यसपछि एमाले नेता भीम रावलले विदेशीको कुन सुझाव एमालेले मान्यो र कोसँग पैसा लियो प्रामाण देखाउन चुनौती दिए। कसैले सुझाव दिनु र भारतलाई त्यस सम्वन्धमा पत्र लेख्नु फरक कुरा भएको रावलको धारणा थियो। उपस्थित नेताहरुका अनुसार प्रधानमन्त्री दाहालले हस्तक्षेप गरी त्यस कुरामा विवाद नगर्न अनुरोध गरेपछि बैठक साम्य भएको थियो।


Facebook Comment


No ads found for this position