Slot Gold Rush Express By Games Global Demo Free Play: Your transactions will be processed swiftly and will not be subject to any additional fees as long as you have Bitcoins stored in your wallet.
  • Free To Play Slots No Download - So, if you are new to the world of CSGO skins gambling, what is it that you need to know to enjoy it safely.
  • Australia Casinos With The Goonies: On the reels, the theme is pretty tight.
  • Bonus crypto casino chip coupon free

    Top Slot Games Online Canada
    If a 12 appears on the come-out roll, this is a push (tie).
    Best Signup Bonus Online Casino Uk
    If you deposit from midnight to 5 a.m., you can likewise claim a gift of up to 50% of the deposited amount.
    You will also be able to play penny pokies straight from your PC or mobile device.

    Online cryptocurrency casino games without registration

    United Kingdom Online Casino Bonus Codes
    So, the SPIN key allows you to perform single rotations.
    Slot Multiplier Odyssey By Relax Gaming Demo Free Play
    The more matches you make, the more money you win.
    Bitvegas Casino Bonus Codes 2025

    गाडी किन्न कुन बैंकले कति व्याजदरमा ऋण दिन्छ ?

    पुष्प दुलाल

    भदौ, काठमाडौं । के तपाई नयाँ गाडी किन्ने बिचारमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईं लागि यो वर्षको सबैभन्दा सुनौलो अवसर आएको छ । किनभने मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाटा अटो-शोमा छुटैछुटको अफर छ ।

    carअटो मेलामा एकातिर गाडी किन्दा छुट दिइएको छ भने अर्कातिर अटो-शो अवधिभर गाडी किन्ने ग्राहकलाई बैंकले अन्य समयमा भन्दो सस्तो र सजिलै ऋण उपलब्ध गराउने स्किम ल्याएका छन् ।

    नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा सुरु भएको अटो शो भदौ १९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा ३६ ब्राण्डका गाडीहरु राखिएका छ । त्यसमध्ये जुन मनपर्छ र आफ्नो क्षमताले भ्याउँछ, तपाईँ त्यही गाडी किन्न सक्नुहुनेछ ।

    गाडी किन्ने हैसियत भएका नेपालीहरुले दशैको बेला नै नयाँ गाडी किन्ने भएकाले प्रत्येक वर्ष भदौमा अटो मेलाको आयोजना गरिएको हो । सुरुसुरुमा विलासी बस्तुको रुपमा हेरिने गाडीलाई पछिल्ला वर्षहरुमा आवश्यकताको रुपमा हेर्न थालिएको छ ।

    अटो शोमा निजी गाडी किन्नका लागि सबैभन्दा सस्तो व्याजदरमा सिभिल बैंकले स्किम ल्याएको छ । तर, बैंकले स्कोडा ब्राण्डका तीन मोडलका गाडीमा मात्रै ४.५ प्रतिशत व्याजदरमा ३ दिनमै ऋण उपलब्ध गराउने जनाएको छ ।

    त्यसैगरी एनएमबी बैंकले ६.४९ प्रतिशत, माछापुच्छ्रे बैंकले ६.७५ प्रतिशत र हिमालयन बैंकले ६.५ प्रतिशत व्याजमा हायरपर्चेज कर्जा दिने जनाएका छन् । स्टान्डर्ड चार्टर्ड, ग्लोबल आइएमइ र जनता बैंकले ७ प्रतिशतमा ऋणा दिने जनाएका छन् ।

    एक दर्जन बैंकहरुले प्रदर्शनीस्थल भृकुटीमण्डपमै स्टल राखेर अटो लोनको मार्केटिङ गरिरहेका छन् ।मेलामा स्टल नराखेका बैंकहरुले पनि सस्तो व्याजदरमा अटो लोनको स्किम ल्याएका छन् ।

    बैंकहरुले कर्जाको ब्याज मात्रै कम गरेका छैनन् सामान्य अवस्थामा १ प्रतिशतभन्दा बढी लिइँदै आएको सेवा शुल्यक पनि कम गरेका छन् । अटो शो अवधिभर बैंकबाट ऋण लिएर गाडी किन्ने ग्राहकसँग बैंकहरुले ०.२५ देखि ०.७५ प्रतिशतसम्ममात्रै सेवा शुल्क लिने घोषणा गरेका छन् ।

    के के चाहिन्छ काजजात ?

    मेलामा बैंकबाट फाइनान्सिङ गराएर अर्थात् ऋण लिएर गाडी किन्दा सामान्य अवस्थाको भन्दा छोटो अवधिमै कर्जा उपलब्ध गराउने बैंकहरुले जनाएका छन् । बैंकहरुले प्रदर्शनी स्थालमा स्टल नै राखेर मार्केटिङ गरिरहेका छन् ।

    मेलामा गएर तपाईले बैंकमा नाम लेखाउनुपर्ने हुन्छ अर्थात् तपाइँले फोन गरेरै पनि बैंकमा आफ्नो नाम टिपाउन सक्नुहुनेछ । त्यसपछि तपाईले आˆनो आयस्रोतको बैंक स्टेटमेन्ट, नागरिकताको फोटोकपी र पासपोर्ट साइजको एउटा फोटो बैंकलाई वुझाउनुपर्छ ।

    स्थलगत फाइनान्सिङ

    तपाईले बैंकमा बुझाएका कागजात ऋण लिनका लागि योग्य ठहरिएमा तपाइलाई बैंकले तपाईँलाई ३ दिनदेखि एक हप्तासम्ममा हायर पर्चेज कर्जा अन्तर्गत ऋण उपलब्ध गराउने जनाएका छन् । तर, एनआइसी एसिया बैंकले स्थलगत फाइनान्सिङ गर्ने जनाएको छ ।

    यसकारण अटो लोनमा आकर्षण

    राजनीतिक अस्थीरताका कारण लगानीमैत्र वातावरण बन्न नसक्दा उत्पादनशील क्षेत्रको विस्तार भएको छ । त्यसैले पछिल्ला वर्षहरुमा उद्योगीहरु पनि व्यावारतर्फ आकषिर्त भएका छन् ।

    र, बैंकहरुले पनि व्यापारमा ऋण बढाउँदै आएका छन् । आम्दानीको स्रोत भएका मान्छेले गाडी किन्ने भएकाले बैंकहरुले अन्य कर्जाको तुलनामाभन्दा छोटो प्रक्रियामै अटो लोन उपलब्ध गराउँछन् ।

    प्रायः गाडी किन्नका लागि दिएको ऋण लगानी नडुब्ने भएकाले बैंकहरु अआकषिर्त भएको नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल बताउँछन् ।

    कति छ लगानी ?

    राष्ट्र बैंकका अनुसार ०७३ असार मसान्तसम्ममा गाडी आयातका लागि बैंकहरुले १८ करोड ९४ करोड रुपैयाँ लगानी छ । त्यसको ठीक एक वर्षअघि अर्थात् ०७२ असार मसान्तमा गाडी आयात गर्न बैंकहरुले १४ अर्ब ३४ करोड रुपैयाँ मात्रै लगानी गरेका थिए ।

    बैंकहरुले गाडी आयात गर्नका लागि व्यापारीलाई ऋण मात्रै दिँदैनन् । उनीहरुले सर्वसाधारणलाई गाडी किन्न पनि ऋण दिन्छन् । व्यापारीलाई गाडी आयात गर्न र सर्वसाधारणलाई गाडी किन्न दुबै शिर्षकमा अहिले बैंकहरुले १ खर्ब रुपैयाँ लगानी गरेका छन् । जबकी पाँच वर्षअघि यस्तो कर्जा तथा लगानी २५/३० अर्ब रुपैयाँ मात्रै थियो ।

    कुन बैंकले कति ब्यादरमा अटो लोन दिँदैछन् ? 

    बैंक ब्याजदर
    सिभिल बैंक ४.५ प्रतिशत
    हिमालयन बैंक ६.५ प्रतिशत
    प्रभु बैंक ६.९९ प्रतिशत
    लक्ष्मी बैंक ६.९९ प्रतिशत
    सानिमा बैंक ६.९९ प्रतिशत
    माछापुच्छ्रे बैंक ६.७५ प्रतिशत
    एनएमबी ६.४९ प्रतिशत
    मेगा बैंक ६.९९ प्रतिशत
    स्टान्डर्ड चार्टर्ड ७ प्रतिशत
    जनता बैंक ७ प्रतिशत
    ग्लोबल आइएमइ ७ प्रतिशत


    Facebook Comment


    No ads found for this position