गच्छदारको पार्टी फुटको संघारमा

bijayakurma gachadar१७ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का असन्तुष्ट पक्ष आइतबारसम्म नयाँ पार्टी गठनको तयारीमा लागेका छन् ।

त्यसका लागि असनतुष्ट पक्षका नेताले छलफललाई तीव्रता दिएका छन् ।संसदीय दलका बहुमत सदस्यको सहमति जुटाइसकेपछि उनीहरु नयाँ पार्टी निर्माण गर्न केन्द्रीय समितका प्रमुख नेताहरुसँगको छलफलमा लागेका छन् ।

पार्टीको विधाननिर्माण, नेताहरुको पोर्टफोलियो, निर्धारण तथा पार्टीको नामका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आइतबारसम्म नयाँ पार्टी गठनको तयारी छ ।  त्यसकोे तयारी गर्न गोप्य छलफलमा नेताहरु जुटेका छन् ।पार्टी अध्यक्ष विजयकुमार गच्छदारले पार्टीका नेताहरुलाई वेवास्ता गरी सरकारमा नजाने निर्णय गरेपछि असन्तुष्टपक्षका सांसदले पार्टी फुटाएर भएपनि सरकारमा जानुपर्ने निष्कर्ष निकालेका थिए ।


Facebook Comment


No ads found for this position