टेलिकमले शुभरात्रि प्याकेज ल्याउने

Nepal_Telecom१७ भदौ, काठमाडौं । नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।

यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ ।

उपभोक्ताले ४० रुपैयाँ मा पाँच सय एमबी सात दिनका लागि र ८५ रुपैयाँमा एक हजार दुई सय एमबी १५ दिनका लागि प्रयोग गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

पाँच एमबी डाटा लिन स्पेसियल ५०० एमबी र एक हजार दुई सय एमबी डाटा लिन स्पेसियल १२०० एमबी लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।


Facebook Comment


No ads found for this position