सरकारद्वारा गुपचुप ८ सचिवको सरुवा

Singaadurbarकाठमाडौं, १७ भदौ – सरकारले आठजना सचिवका सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विभिन्न महत्वपूर्ण आठ मन्त्रालयका सचिवका सरुवा गरेको हो । त्यस्तै, सरकारले दुईजना सहसचिवलाई सचिवमा बढुवासँगै पदस्थापन गरको छ ।

सहसचिवद्वय लोकप्रसाद आचार्य र पूर्णचन्द्र भट्टराइलाई सचिवमा बढुवा गरिएको हो । कार्य सम्पादनमा सहजताका लागि भन्दै अर्थ सचिव लोकदर्शन रेग्मीलाई गह मन्त्रालयमा सरुवा गरिएको छ भने गृहमा रहेका नारायणगोपाल मलगोलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । यस्तै, अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा रहेका शान्तराज सुवेदी अर्थमन्त्रालयमा सरुवा भएका छन् । बैठकले उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । प्रधानमन्त्री कायालयका सचिवद्धय शान्तबहादुर श्रेष्ठलाई शिक्षा मन्त्रालयमा र केदारबहादुर अधिकारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ ।


Facebook Comment


No ads found for this position