राजदूतमा यसकारण दोहोरिए उपाध्याय

काठमाडौं, १७ भदौ- सरकारले चीन र भारतबाट उच्चस्तरीय भ्रमणलाई मध्यनजर गर्दै बिहीबार छिमेकी भारत र चीनमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालको नाम सिफारिस गरेको हो  ।

dip kumar updhyaकिन दोहोरिए उपाध्याय ?

भारतका लागि निवर्तमान राजदूत दीपकुमार उपाध्यायलाई सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा फिर्ता बोलाइएको थियो । जसमा कांग्रेसले आपत्ति जनाएको थियो । सरकारले उनलाई पठाइएको पत्रमा भने कुनै अभियोग लगाइएको थिएन । माओवादी–कांग्रेस गठबन्धन सरकार गठन भएलगत्तै भारतमा उपाध्यायलाई दोहो-याउने सहमति भएको थियो । उपाध्यायले कार्यकालको एक वर्ष मात्रै काम गर्न पाएका थिए ।


Facebook Comment


No ads found for this position