एकको रहस्यमय मृत्यु, एक घाइते

खजुरा (बाँके), १७ भदौ । बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एकजनाको रहस्यमय मृत्यु भएको छ भने बेहोस अवस्थामा भेटिएका अर्का एकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

banke_districtकोहलपुर नगरपालिका–११ का अन्दाजी ३० वर्षीय विकास राईको रहस्यमय मृत्यु भएको हो । मृतक राईसँग नेपालगन्ज उपमहानगरपालिका–१३ का प्रशान्त शाक्य, कोहलपुर नगरपालिका–११ का पवन श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर–१८ का ईश्वर थापा बुधबार सो होटलमा बास बसेको प्रहरीले जनाएको छ ।

उनीहरु होटलको २०३ र २०४ नम्बरको कोठा बुक गरेर बसेका थिए । २०४ नम्बर कोठामा बास बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरु बसेको कोठामा मदिरा तथा धुम्रपान गरेको पाइएको छ भने प्रहरीले प्रशान्त र ईश्वरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपालगन्जमा सुरक्षा व्यवस्था कडा

आज बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौँ जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बिहीबार बिहान पुनः स्थापित पूर्वराजा वीरेन्द्र शाहको सालिक मध्यराति हटाएपछि शान्तिसुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले नेपालगन्जका चोक चौराहामा सुरक्षा व्यवस्था कडा बनाएको हो । सालिक पुनः स्थापना गरेका राष्ट्रवादी युवाले स्व वीरेन्द्रको सालिक हटाएमा कडा प्रतिवाद गर्ने अभिव्यक्ति दिएकाले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नेपालगन्जको सेतु विक चोक, धम्बोझी चोक, पुष्पलाल चोक र बिपीचोकलाई प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेको छ ।


Facebook Comment


No ads found for this position