गृहमन्त्री निधी र एमाले उपाध्यक्ष रावलबीच फेरि भनाभन

१७ भदौ, काठमाडौं । प्रधानमन्त्रीनिवासमा चर्काचर्की परेको चार दिन नबित्दै गृहमन्त्री विमलेन्द्र निधी र एमाले उपाध्यक्ष भीम रावलबीच फेरि भनाभन भएको छ । शुक्रवार संसदको एक समितिमा निधी र रावलबीच पुनः चर्काचर्की परेको हो ।

nidhi-and-rawal-768x466अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भारत र चीन पठाइएका विशेष दूतहरुलाई छलफलमा बोलाइएका बेला निधीले एमाले सांसदहरुलाई मार्क्सवाद सिकाउन खोजेपछि विवाद भएको सांसद चुडामणि जंगलीले बताए । बैठकमा एमालेको नाम नलिई निधीले ‘कुनै पार्टीको बैठकमा चीनमा विशेष दूत पठाइनु उपयुक्त र भारतमा पठाउनु अनुपयुक्त थियो भन्ने चर्चा चलेछ’ भनेपछि रावल प्रतिवादमा उत्रिए । रावलले एमालेको बैठकमा त्यस्तो छलफल नभएको र भारतीय प्रधानमन्त्रीलाई पठाइएको चिठी सार्वजनिक हुनुपर्छ भन्ने संस्थागत निर्णय भएको बताए । उनले मन्त्री निधी संसदीय समितिमा दलको बैठकमा जस्तै गरी प्रस्तुत भएको भन्दै आपत्ति जनाए । ‘यो पार्टीको बैठक होइन, संसदीय समितिका बैठक हो । मन्त्रीले जवाफ दिँदा कुनै पार्टीलाई होच्याउने र आरोपित गर्ने हिसाबले बोल्न पाइन्न’ रावलले बैठकमा भने । उनले पार्टीगत हिसाबले बोल्ने हो भने आफू निधीसँग घण्टौं बहस गर्न तयार रहेको समेत बताएका थिए । एमालेका अर्का सांसद चूडामणि जंगलीले निधीका पिता महेन्द्रनारायण निधी देशभक्त योद्धा थिए भन्दै छोराले भने नेपालको खाएर विदेशीका लागि काम गर्ने गरेको आरोप लगाए । निधीले त्यसको प्रतिवाद गर्दै जंगलीको भनाइ रेकर्डबाट डिलिट गर्न सभापति प्रभु शाहलाई आग्रह गरे । उनले मार्क्सवाद लेनिनवाद आफूले पनि अध्ययन गरेको बताउँदै राष्ट्रवादको बहस गर्न तयार रहेको बताए । बैठकमा मन्त्री निधीले भने-मार्क्स, लेनिन र उनीहरुका चेलाको राष्ट्रवादबारे म कुनै शंका गर्दिँन । तर म वीपीको चेला हुँ, वीपीको चेलालाई राष्टवादको पाठ आवश्यक छैन । सवाल-जवाफकै क्रममा निधी र रावल दुवै उत्तेजित भए । रावलले मन्त्री भएर संसदीय मर्यादामा रहन निधीलाई पटक-पटक सुझाएको जंगलीले बताए ।


Facebook Comment


No ads found for this position