मनास्लु पदमार्गमा एकजना मृत भेटिए

गोरखा, १८ भदौ । मनास्लु पदमार्गअन्तर्गत लापु गाविसस्थित भीरमा एकजना मृत अवस्थामा भेटिएका छन् । गोरखाको केरौंजा गाविस–६ रुन्चेत घर भएका करिब ५६ वर्षीय सुनपाती गुरुङ आज मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो । मुटु रोगले बिरामी रहेका गुरुङ उपचारका लागि आरुघाट आउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Facebook Comment


No ads found for this position