आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउन पर्छ भन्नु धाँधलीको मनसाय: भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउनु पर्छ भन्नुमा धाँधलीको मनसाय रहने बताएका छन्।

baburam bhataraiपत्रकार अनिल थापाद्धारा लिखित ‘अविराम बाबुराम’ पुस्तकको विमोचन समारोहमा बोल्दै उनले जसको नेतृत्व भए पनि निर्वाचन छिटो गर्नु पर्ने बताए। ‘तीन वटा निर्वाचन गर्नु पर्ने छ’, उनले भने, ‘नेतृत्व जसको भए पनि हुन्छ निर्वाचन गरौं मधेसी जनजातिका माग सम्वोधन गरौं र संविधान कार्यान्वयनको दिशातर्फ अघि बढौं।’ ‘अविराम बाबुराम’ भट्टराईको राजनीतिक बायोग्राफी हो।

तेस्रो दल सरकारको नेतृत्वमा रहँदा समस्या आउने उनको धारणा थियो। बहुदल पछि कहिले लोकेन्द्र बहादुर चन्द त कहिले सुर्य बहादुर थापालाई सरकारको नेतृत्व दिएको विषयले बहुदललाई बदनाम गराएको उनले बताए। पहिलो संविधान सभा पछि कहिले माधव नेपाललाई त कहिले झलनाथ खनाललाई प्रधानमन्त्री बनाएको प्रशंग झिक्दै अहिले पुष्पकमल दाहाल तेस्रो दलबाट प्रधानमन्त्री बनेको उनले बताए।

उनले पुस्तकमा रहेको २०३५ वैशाख १ को डायरी हेर्यो भने आफ्नोबारेमा धेरै कुरा प्रष्ट हुने बताए। उनको त्यो डायरीमा ‘सत्य र न्यायालाई सावित गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख छ।’ उनले उक्त डायरीमा देशबाट सामान्तबाद र राजतन्त्रको अन्तय गर्ने आफ्नो जीवनको लक्ष्य भएको समेत उल्लेख गरेका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग आफ्नो व्याक्तिगत नभइ सैद्धान्तिक विमति रहेको बताए। ‘कसैकसैले व्याक्तिगत झगडा भन्छन्’, उनले भने, ‘तर त्यसो होइन उहाँसँग सैद्धान्तिक झगडा हो। उहाँप्रति मेरो सम्मान छ।’

देश र समाजलाई अन्तिम सम्म केही दिनु पर्छ भन्ने आफु सँधै रहेको उनले बताए। उनले कोही मानिस प्रतिभावान हुने र कोही नहुने भन्ने नरहेको बताउँदै त्यसको सक्रियता मुख्य रहेको बताए।

पुस्तकमाथि टिप्पणी गर्दै नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बाबुराम भट्टराईलाई पात्र बनाएर समकालिन समाज र राजनीतिको अध्यान गर्न सकिने बताए। नेपालमा लोकतन्त्रिक गणतन्त्र ल्याउनको लागि भट्टराईले खेलेको भूमिका महत्वपूर्ण भएको उनले बताए। २०५७ पछि लोकतन्त्रीक गणतन्त्रमा माओवादीलाई लैजान भट्टराईको भूमिका भएको बताउँदै उनले त्यसको लागि भट्टराईले ठूलो मूल्य चुकाएको पनि बताए। संवैधानिक समितिको प्रमुखको हिसावमा भट्टराईले संविधान निर्माणमा खेलेको भूमिकाको ज्ञवालीले प्रशंसा गरे।

१२ बुँदे सम्झौताको पूर्व सन्ध्यामा भट्टराईसँग हरियाणाको गुडगाउँमा भेट भएको बताउँदै उनले त्यतिबेलै भट्टराईसँग मार्क्सवादको विषयमा पनि छलफल भएको बताए। ‘उहाँले त्यतिवेला पनि मार्क्सवादलाई नयाँ ढंगबाट लैजानु पर्छ भन्नुभएको थियो’, उनले भने, ‘त्यसमा हामी दुवै जना सहमत भएका थियौं।’

नेपाली कांग्रेसका नेता दुर्गा सुवेदीले ४० बर्षदेखि भट्टराईसँग आफ्नो सम्वन्ध रहेको बताउँदै चण्डगढको होस्टेलमा भएको पहिलो भेटमा बाबुरामले घरको नक्सा होइन देशको नयाँ नक्सा कोर्नुपर्ने बताएको सम्झना गरे। उनले भट्टराई निरास नहुने व्याक्तिको रुपमा आफुले चिनेको बताए। पार्टी भित्र व्याक्तिलाई देवत्वकरण गर्न नहुने बताउँदै नउले भने, ‘व्याक्तिलाई देवत्वकरण गरियो भने जनताले दुख पाउँछन्।’

महिला नेतृ मनु हुमागाईले लोकतन्त्रिक गणतन्त्रमा जानु पर्ने बताउँदा भट्टराई कारबाहीमा परेको बताइन्।


Facebook Comment


No ads found for this position