मन्त्री दिपक गिरीले निवासको साँचो फोरेपछि…

१९ भदौ, काठमाडौं । हरेक नयाँ सरकारका मन्त्रीहरुले सपथ लिने बित्तिकै मन्त्री निवास पुल्चोकमा गतिला ‘क्वाटर’ हडप्न हानथाप हुन्छ। यसपटक भने सबैभन्दा ठूलो दल कांग्रेसका तर्फबाट मन्त्री बनेका गगन थापा र दिपक गिरीबीच ‘क्वाटर’का विषयमा भएको लफडा सतहमा आएको छ।

भएछ के भने, मन्त्री निवासको मर्मत सम्भारको जिम्मा पाएको भवन विभागले आफ्नो ताकुदार मन्त्रालयका मन्त्रीका लागि भनेर छानेर निवास राख्ने प्रचलन अनुसार सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीलाई भवन विभागका कर्मचारीले अलिक सुविधाजनक मानिएको ‘ए ३’ क्वाटर बुक गरिदिएका रहेछन्। कर्मचारीहरु आफूहरुले ‘बुक’ गरेको सो निवासको साँचो लिएर सपथको भोलिपल्ट मन्त्री केसीको निवास गंगबु पुगेछन्।

तर, मन्त्री केसीले भनेछन्, ‘यसअघि जस्तै यसपटक म आफ्नै घरमा बस्छु, क्वाटरमा बस्दिन।’तर मन्त्री केसीले सो सुविधाजनक निवास आफ्ना ज्वाइँ जो आफूसँगै स्वास्थ्यमन्त्री पदको सपथ लिएका थिए, उनैलाई दिन सिफारिस गरेछन्। भनेछन्, ‘अन्जना (केसीकी छोरी तथा गगनकी पत्नी) ले घर साँघुरो भएको गुनासो गरेकी छिन् जसरी पनि त्यो निवास स्वास्थ्यमन्त्रीलाई दिलाउनू।’

सम्बन्धित मन्त्रीले यस्तो निर्देशन दिएपछि भवन विभागका कर्मचारीहरुले सोही अनुसार सोही दिन गगनलाई मन्त्री निवासको ‘ए ३’ को साँचो हस्तान्तरण गरे। तर सो क्वाटरमा गगनले बस्न पाएनन् । यसैबीचमा गगनलाई अजुर्ननरसिंहले क्वार्टर दिएको जानकारी सिँचाईमन्त्री दीपक गिरिको कानमा पर्यो। तत्कालै मन्त्री गिरी झण्डावाल गाडीमा पुल्चोकस्थित मन्त्री निवास पुगेर सो क्वाटरमा कब्जा जमाए।

स्रोतका अनुसार गिरीले गगनले क्वार्टर पाएको जानकारी पाएपछि सो क्वाटरको साँचो फोडेर अर्को साँचो लाएका थिए। गिरी सोही दिन सबै सामानसहित क्वाटरमा सरे। गिरीले क्वार्टर हडपेपछि गगन भने रातोपुलस्थित आफ्नै घरमा बसेका छन्।

कांग्रेसबाट प्रारम्भमा मन्त्री भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले यसअघि नै मन्त्री निवासमा सहजै स्थान पाए पनि पछिल्लो चरणमा मन्त्री बन्नेहरुका लागि भने निवास पाउन सहज बनेको थिएन

कांग्रेसका मन्त्रीमध्ये उपप्रधान निधि, शान्ति मन्त्री सीतादेवि यादव र हृदयराम थानीको मात्र काठमाडौंमा आफ्नै घर छैन। दीपक गिरीको भने टोखामा कांग्रेस महामन्त्री डा. सशांक कोइरालाको सँगै गजबकै महल छ। मन्त्री हुनुभन्दा पहिला निधि बानेश्वरमा बस्दै आएका थिए भने थानी घट्टेकुलोमा बस्दै आएका थिए। सीतादेवि भने ललितपुरमा बस्दै आएकी थिइन्। अहिले निधि, यादव र थानी मन्त्री निवास पुल्चोकमै बस्छन्।


Facebook Comment


No ads found for this position