नेपालगन्जमा अत्याधुनिक बसपार्क बनाइने

२० भदौ,  नेपालगन्ज । २० करोड रुपैयाँको लागतमा आगामी वर्ष नेपालगन्जमा अत्याधुनिक टर्मिनल भवनसहितको बसपार्क बन्ने निश्चित भएको छ ।

banke_districtत्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बस निर्माण कार्य अगाडि बढाएको हो ।

निर्माण कम्पनीसँग भएको सम्झौता अनुरुप १५ महिनाभित्र निर्माण कार्य सक्ने गरी काम भैरहेको नेपालगन्ज उपमहानगरपालिकाले जानकारी दिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज गुप्ताका अनुसार युनाइटेड विल्डर्सले १५ महिनाभित्र अत्याधुनिक टर्मिनल भवनसहितको बसपार्क निर्माण कार्यको ठेक्का पाएको छ ।

नेपालगन्जमा नेपालकै उदाहरणीय र अत्याधुनिक बनाउन लागिएको बसपार्कको प्राविधिक रेखदेख तथा सुपरभिजन सेरा कन्सल्टेन्टले गरिरहेको छ ।

भेरी अञ्चल यातायात व्यवसायी संघका अध्यक्ष डेकनाथ गौतमले नेपालगन्जमा राम्रो र स्तरीय बसपार्कको अभाव रहँदै आएकाले समयमै निर्माण कार्य सकी सञ्चालनमा ल्याउन जोड दिएका छन् ।

यातायात व्यवसायीको प्रयास र मागकै कारण सो बसपार्क अत्याधुनिक बन्न लागेको अध्यक्ष गौतमले बताए । अध्यक्ष गौतमले २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणमा व्यवसायीले जोड दिंदै आएको बताए ।

अध्यक्ष गौतमले मध्य र सुदूरपश्चिमकै केन्द्रीय सहरका रूपमा स्थापित नेपालगन्ज बसपार्कको अवस्था नाजुक रहेको जनाउँदै विगत १० वर्षदेखि बसपार्कको समस्या आफूहरूले उठाउँदै आएको बताए ।

हरेक गाडीबाट दैनिक २० रुपैयाँदेखि सय रुपैयाँसम्म शुल्क असुली हुँदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क पनि बढाउने पूर्वसहमति भएको छ ।

सोही शुल्कबाट असुली गरेर अहिले लगानी भैरहेको ऋण तिर्ने योजना बनाइएको इन्जिनियर गुप्ताले बताए । हाल सो बसपार्कबाट राजधानीलगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक ४ सय बढी साना ठूला बसहरू आउने जाने गरेका छन् ।


Facebook Comment


No ads found for this position