खाडी मुलुक दुबईमा चालकविनाको मिनीबसद्वारा सेवा सुरु

खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक रुपमा सुरु गरिएको हो ।

bus without drierबढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणले सहरी वातावरणलाई प्रभावित पारिरहेका बेला आएको यो सेवाले सहरको प्रदूषण नियन्त्रण गर्ने प्रयासमा समेत उल्लेख्य भूमिका खेल्ने विश्वास निर्माता कम्पनी र दुबई सहरको व्यवस्थापन समिति दुवैले बताएका छन् ।

सुरुमा १० सिटको गाडीबाट सहरको करिब ७०० मिटर सडकमा सुरु गरिएको यो बस सेवाले भविष्यमा थप ठाउँमा समेत सुविधा प्रदान गर्ने उद्देश्य रहेको दुबई प्रशासनले बताएको छ । विश्वको बसैभन्दा अग्लो टावर बुर्ज खालिफा क्षेत्रमा सुरुका दिनमो उक्त सेवा प्रदान गरिनेछ ।

इजी माइल नामक फ्रान्सेली समूह तथा दुबईस्थित ओमनिक्स कम्पनीद्वारा संयुक्त रुपमा निर्माण गरिएको मिनीबसले ४० किलोमिटर प्रतिघण्टाको गतिमा सेवा प्रदान गर्नसक्ने बताइएको छ ।  निर्माण कम्पनीले जनाएअनुसार बसले आफ्नो गति अन्य गाडीको गतिअनुसार स्वतस्फूर्त रुपमा लिन वा नियन्त्रण गर्न सक्नेछ । यस बसको अचम्मको कुरा के छ भने जब सडकमा पैदलयात्रीले बाटो काट्न सुरु गर्छन् त्यतिबेला यसले रोकिएर उनीहरुलाई सडक पार गर्न दिने हैसियत राख्दछ ।

यस किसिमको यातायात सेवा दुबईको सकड सञ्जालमा पहिलो र महत्वपूर्ण कदम भएको छ साथै यसले वातावरणलाई स्वच्छ राख्न पूर्णतया मद्दत गर्ने विश्वास लिइएको दुबई सडक यातायात अधिकारीले अहमद बहरोज्याएनले बताए ।

दुबई सडक यातायात विभागका महानिर्देशक म्याटर अल टाएरले उक्त सेवालाई आफूहरुलेसन् २०३० सम्म दुबईको एकचौथाई भागमा लागिपरेको बताए ।दुबई खाडी मुलुकका केही पर्यटकीय सहरमध्ये एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो । दुबईमा सन् २०१५ मा एक करोड ४२ लाखभन्दा बढी पर्यटक भित्रिएका थिए । रासस/एएफपी


Facebook Comment


No ads found for this position