सातवटै प्रदेशमा पर्यटन गुरु योजना बनाइने : पर्यटनमन्त्री

jeevn shaiकाठमाडौँ, २२ भदौ । संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री जीवनबहादुर शाहीले पुर्वाधार निर्माण र सम्पदाको संरक्षणबाट पर्यटन विकास गर्न सकिने बताउनु भएको छ ।
नेपाल पर्वतारोहण सङ्घको २६ औँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री शाहीले हिमालले नेपाललाई विश्वमा पहिचान गराएको उल्लेख गर्नु भयो ।
उहाँले देशका सातवटै प्रदेशमा पर्यटन विकासका गुरु योजना बनाउने बताउँदै पर्यटनको नीति नियम समयसाक्षेप परिवर्तन गरिने जानकारी दिनु भयो ।
सो अवसरमा पर्यटनमन्त्री शाहीले पर्वतारोहण सङ्घद्धारा स्थापना गरिएको कुमार खड्ग विक्रम साहसिक पुरस्कारबाट छिरिङ पाण्डे भोटे,डा हर्क पर्वतीय पुरस्कारबाट महाविर पुन र दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार नारायण भण्डारीलाई पुरस्कृत गर्नु भयो ।
कार्यक्रमा पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा सङ्घले गरेका कार्य बारे चर्चा गर्नु भएको थियो ।


Facebook Comment


No ads found for this position