वृद्धभत्ता र सुन धरौटी राखेर सडक निर्माण

२३ भदौ,  ।  मणिदत्त बडूले बृद्ध भत्तावापत पाएको आठ हजार रुपैयाँ सडक खन्नका लागि दिए।सँगै एकल महिला भत्ता थापेकी तारादेवी बडूले पनि आफूले पाएको आठ हजार रुपैयाँ देहोमान्डु दुर्गास्थान-सलना ग्रामिण सडक निर्माण उपभोक्ता समितिलाई बुझाइन्। दलित भत्ता बुझेका नरुवा कामीले भने दुई हजार थपेर १० हजार रुपैयाँ सुम्पिए।

एकपछि अर्कौ गर्दै दुर्गास्थान र देहीमान्डु गाविसका विभिन्न वडाका झन्डै बीसजनाले बृद्धभत्ता घरमै नपुर्‍याई सडकका लागि बुझाए। असिमकेदार मन्दिरका पुजारी लक्ष्मीदात्त पाण्डेले आफूसँग भएको दुई तोला सुन धरौटी राखेर समितिलाई रकम दिए। भारतीय सेनाको जिम्दारबाट सेवानिबृत्त भएका तारादत्त बडुले पनि पेन्सनिबाट आएको रकममा थपेर ३५ हजार रुपैयाँ दिए।

समितिका सचिव कृष्णदत्त बडूका अनुसार वर्षैदेखि गाउँघरसम्म बाटो आउने र गाडी गुडोस् भन्ने सपना देखेका बैतडी दुर्गास्थानका बासिन्दाले एकपछि अर्कौ गर्दै २६ लाख रुपैयाँ संकलन गरेका छन्।


Facebook Comment


No ads found for this position