महन्थ ठाकुरको घरमा चोरीको प्रयास, छोरी घाइते
![](https://www.ghumphir.com/wp-content/uploads/2016/09/mahanta-thakur.jpg)
२५, भदौ, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा चोरीको प्रयास भएको छ ।सानोठिमीस्थित ठाकुरको घरमा शुक्रबार साँझ चोरीको प्रयास भएको हो । त्यसबेला ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुसँग बैठकमा थिए ।
पारिवारिक श्रोतका अनुसार साँझपख तीन जनाको समूह ठाकुरलाई भेट्नु भन्दै घरमा प्रवेश गरेका थिए ।
जतिबेला घरमा छोरी डा. मिनाक्षी ठाकुर मात्र थिइन् । चोरहरुको समूहले ठाकुर आँखामा खोर्सनीको धुलो छरेका छन् । त्यसक्रममा उनी लडेर घाइते भएकी छन् र टाउकोमा चोट लागेको छ ।
चोरहरुको समूहले बि्रफसेस चोरी गर्ने क्रममा केहीबेर खोसाखोस भएको थियो । र, मिनाक्षीको हातमा चोट लागेको बताइएको छ ।
यो खबर बालुवाटारमा रहेका तमलोपा अध्यक्ष ठाकुरका सहयोगी सकेन्द्र मिश्र कहाँ पुग्यो । उनले बैठक कक्षमै प्रवेश गरेर घटनाबारे जानकारी गराएपछि प्रहरी प्रमुखलाई खबर भएको थियो ।
उनको अहिले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । गृहमन्त्रीसहितको टोली पनि आएको छ ।