टाँगा व्यवसायीबाट आठ नेपाली लुटिए

कञ्चनपुर, २८ भदौ । भारतीय सीमाक्षेत्रबाट घरतिर आइरहेका आठजना नेपाली सीमावर्ती भारतीय बजार बनवसानजिक सोमबार साँझ लुटिएका छन् ।

सीमा क्षेत्रमा सञ्चालनमा रहेका टाँगा व्यवसायीबाट नेपाली लुटिएका हुन् । भारतीय सीमावर्ती बजार बनबासाबाट महेन्द्रनगर पु¥याइदिने भन्दै टाँगा व्यावसायीले महाकाली पुलपारि नै लुटेका हुन् ।

लुटिनेमा डडेल्धुराको जोगबुडाका जीवन बोहरा, वीरबहादुर बोहरा, अछाम भैरवस्थानका कमल नेगी, अमर विक र कैलाली लम्कीका जानकी विष्ट, झपट रावल रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक लालबहादुर बुढाएरले जानकारी दिनुभयो ।

उहाँले बिनानम्बर प्लेट सञ्चालित भारतीय टाँगाले नेपालीलाई महेन्द्रनगर पु¥याइदिने भन्दै टाँगामा जबर्जस्ती बसाएर आधा बाटोमै पैसा माग्ने र पैसा नदिए कुटपिट गर्ने धम्की दिँदै लुटपाट गरेको बताउनुभयोे ।

नेपाली लुटिने क्रम रोक्न दुई देशका उच्च अधिकारीबीच बेलाबेलामा छलफल हुने गरे पनि कार्यान्वयन हुन सकेको छैन । दुई साताअघि मात्रै सीमावर्ती क्षेत्रमा नेपाली लुटिने गरेका घटना रोक्न दुई देशका अधिकारीबीच सहमति भएको थियो ।


Facebook Comment


No ads found for this position