भारतसँग आधा दर्जन सम्झौता

parchandaकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबार सुरू हुने भारत भ्रमणका क्रममा आधा दर्जन दुई देशीय सहमती र समझदारीपत्रहरूमा हस्ताक्षर हुने भएको छ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीस्थित हैदारावाद हाउसमा हुने द्विपक्षीय भेटवार्तापछि नेपाल र भारतीय उच्च अधिकारीले ती सहमति र समझदारीपत्रमा हस्ताक्षर गर्नेछन्।

कुटनीतिक स्रोतका अनुसार दाहालको भ्रमणमा नेपाल-भारत मुजफ्फरपुर ढल्केवर प्रशारण लाइनबाट आयात-निर्यात हुने विद्युतका लागि भारतले हेटौडामा विद्युत प्रशारण शव स्टेसनमा ऋण सहयोग गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर हेन भएको छ।

नेपालको भूकम्पपछिको पुनर्निर्माणमा ७ सय ५० मिलियन अमेरिकी डलर  सहुलियत ऋण सहयोग उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। भारतले नेपालको हुलाकी राजमार्ग निर्माणका लागि परामर्सदाता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ।


Facebook Comment


No ads found for this position