अल्टीच्यूड एयरले नयाँ हेलिकप्टर ल्याउने

heli-photo३१ भदौ, काठमाडौं । अल्टीच्यूड एयर प्रालीले नेपाली आकाशमा नयाँ हेलिकप्टर ल्याउने भएको छ । हेलिक्पटर निमार्ण कम्पनीको अग्रणी स्थान ओगटेको फान्सको एयर बस कम्पनीको पछिल्लो प्रविधीद्धारा निर्मित ३५० बि ३ ई एज १२५ को हेलिकप्टर ल्याउन लागेको हो ।

यो हेलीकप्टर उच्च स्थानमा रेस्क्यू तथा हिमाल आरोहणमा आपतकालीन अवस्थमा रहेकालाई उद्धार गर्न सहज हुने अल्टीच्यूड प्रालीका उपाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले बताए । उनले भने हेलीकप्टर फान्सबाट भारतको कलकता सम्म आईपुगीसकको र एक दुई दिनमै नेपाल भित्रन लागेको बताए ।

heli-photo-1
सुरुवातको चरणमा एक वटा हेलीकप्टर आएको छ भने आगामी चार महिना भित्र अरु दुई वटा हेलीकप्टर भित्राउन लागेको बताए । अहिले ल्याउन लागको हेलीकप्टर २७०० सय फिट उचाईसम्म रेस्कूय गर्न सकिने बताए । पाईलट सहित ६ जनाको क्षमता रहेको हेलीकप्टरको नेपाली मुल्य २८ करोड रहेको बताए ।
प्रालीका उपाध्यक्ष शेर्पा भन्छन् हिमाल आरोहण्मा गएका सदस्यहरु उच्च स्थानमा कठिनाई झेल्दा निकै समस्या भएको थियो, अब यी कुराहरुलाई अल्टीच्यूड एयर प्रालीका हेलिकप्टरले केही रातह दिने बताए । अहिले ल्याएको हेलीकप्टर बिशेषता ईन्जीन क्षमता, नया प्रविधीका साथै नेपालको भौगोलिक वातावरणका लागी निकै उपयुक्त रहेको समेत दाबी गरे ।


Facebook Comment


No ads found for this position