सगरमाथा क्षेत्रमा सरकारको उपस्थिती नाम मात्रको : ब्यबसायी शेर्पा

विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश गर्ने प्रमुख स्थान हो नाम्चे बजार । यह िभयर नाम्चे बजारलाई सगरमाथाको प्रवेशद्धार पनी भनिन्छ । बर्षभरी नै यो क्षेत्रमा पर्यटकको चहलपहल हुने गर्दछ । विश्वभरबाट सगरमाथमा आरोहण तथा पदयात्रामा आउने पर्यटकहरु नाम्चे भयर जाने गर्दछन् । नेपालको प्रमुख पर्यटकीय स्थल मध्य एक हो नाम्चे बजार । नाम्च बजार तथा त्यहाँ वरीपरी रहेको क्षेत्रको पर्यटन तथा त्यहाका समस्या र संम्भावको बिषयलाई लिएर नाम्चको युवा ब्यबसायी तथा समाजसेवी पासाङ तेरसिङ शेर्पा संघ घुमफिरले गरेको कुराकानी ।

pasang-sherpaपर्यटन क्षेत्रमा कहीले देखी लाग्नु भयो ?
हिमाली क्षेत्रमा बसोबास गर्ने अधिकाश शेर्पा समुदाय कहिन कतै बाट पर्यटन संगै जोडीएर आउने गर्दछन् । तर म चाही काठमाण्डौको अध्ययन पश्चात लागेको हो । काठमान्डौमा पढाई पश्चात प्राय सबै युवाहरुको सोचाई त विदेश नै जाने हुन्छ मेरो पनी अमेरिकातीर गएर आफ्नो करियर बनाउने थियो । आफ्नो गाँउमा आउने सोच त ममा पनी थिएन । तर अमेरिकाको भिसा लागेन, र यत्तिकै हल्लीयर के बस्नु भन्ने सोच आयो । गाँउतीर पनी सबै युवाहरु विदेशतीर लागे गाउँमा कामगर्ने कोहि भएन अनि एकजना मेरो साथी र म मिलेर केहि नयाँ गरौ भन्ने लाग्यो र सुरुमा कपडा पसल खोल्यौ ।
निक्कै राम्रो चलेको थियो । नाम्चे जस्तो ठाँउमा अत्याधुनीक कपडा पसल भएकोले निक्कैराम्रो भयो । यो पसल हामीले ८ वर्ष चलायौ । यो पसलमा छिर्दा जोकोहिले पनी ठमेलतिरको पसल संग तुलना गर्ने गर्दथिए । पछि पछि अन्य पसलहरुपनी हाम्रै देखा सिखी गरेर खुल्न थाल्यो । पसलहरुमा आधुनीक्ता संगै विस्तारै परिवर्त देखिन थाल्यो ।
अहिले त ३ ,४ वटा व्रा¥याडेण्ड शपहरुपनी आइसक्यो । हामीले पसल सात आठ वर्ष चलायौ र पछि कम्पनीको मालीक संग कुरा मीलेन र यो व्यवसाय छोडनु प¥यो । यो व्यावसायमै हुदा अन्य क्षेत्रमा पनी काम गर्न मन लाग्यो र एकजना साथी संग मिलेर स्यान्डवीच शप खोल्न मन लाग्यो ।
होटल म्यानेजमेण्ट गरेको एक जना साथी साइबर चलाएर बसेको थियो । उ संग कुरा गरी र उस्ले पनी गर्ने इच्छा देखाएपछि अर्को एक जना भाई पनी आयो म पनी केहि गर्छु भनेर आयो । यसो विचार गर्दा आफुले जानेको अरुलाई पनी सिकाएर अघि बडनु पर्छ भन्ने सोचले कफी सप तिर लागीएको पनी पाँच छ वर्ष भैसक्यो । सुन्दा त कफी सप सामान्य नै लाग्ला तर यो कफी सप कस्तो छ भने यो अलिकती फरक विचारले खोलीएको कफी शप हो ।
खुम्बु क्षेत्रमा पर्यटकहरु जुनसुकै ठाँउमा गएपनी हाम्रो फुडमेन्युको रेट एकै पाउनु हुन्छ । क्वालीटी त म अरुको भन्न न त सक्दीन तर हाम्रोमा चाँहि अलि अत्याधुनीक सोचाईको भएकोले पर्यटकहरुले अहिले सम्म मन पराएकै पाएका छौ । प्राय अन्तराष्ट्रिय पर्यटकहरुले आफ्नो देशमा खाने खानाहरु पनी हाम्रोमा उच्च गुणस्तरकै पाउन सक्नु हुन्छ । यहाँ आएका पर्यटकहरुको खानपीनमा विशेष ध्यान दिएका छौ ।
पर्यटन क्षेत्रमा बाहेक अन्य कुन कुन क्षेत्रमा सकृय हुनुहुन्छ ?
विशेष गरेर यहि भन्ने त छैन तर आफुले कमाएको कमाई मध्य केहि प्रतिशत समाजका कुनै त्यस्तो क्षेत्रमा दिने सोच छ र सकेको जती गरेको छौ । बिशेष गरी नाम्चे क्षेत्र वरीपरी गरीने सामाजीक कार्य तथा विकासका कार्यक्रमा जहीले पनी मेरो साथ र सहयोग रहेको छ ।

pasang-sherpa-1पछिल्लो समय नाम्चे क्षेत्रमा आउने पर्यटकहरुको अवस्था कस्तो पाउने भएको छ ?
गएको वर्ष जुन भूकम्पपछिको सीजनमा निकै कमी भयो तर केही बर्ष गाह्रो होला जस्तो लागेको थियो तर सोचेको भन्दा धेरै राम्रो भयो । भुकम्प गएको बर्ष तर त्यती पर्यटक आएनन् । तर लगतै त्यसपछी यती धेरौ पर्यटक यो वर्ष आउछ भनेर तर सोचे जस्तो रहेन धेरौ पर्यटक आए । समग्रमा भन्नु पर्दा राम्रो भयो ,रार्मै पर्यटकहरु आए र यहाका पर्यटन व्यवसायीहरु सन्तुष्ट छन । जतीपनी पर्यटकहरु यो सिजनमा आए त्यो देखेर पर्यटन व्यवसायीमा सन्तुष्टि छन् ।अर्को शब्दमा भन्नु पर्दा व्यवसायीहरुमा पर्यटकको चाप देखेर निरासा छैनन् ।यस पटक हल्ला सुनीयको छ पर्यटकहरुको चाप बड्ने छ भनेर हेरौ के हुन्छ ।

सगरमाथा क्षेत्र आउने पर्यटकहरुको प्रतिकृया कस्तो पाउनु भएको छ ?
जब भूकम्प गयो त्यतीखेर धेरै पर्यटकहरु यतै थिए, भने कती त्यसपछि आए भुकम्प अघि र त्यसपछी आउने पर्यटकहरुको भनाई नै सचारमाध्यममा नकरात्मक जती प्रचार भएको छ , त्यती छैन । यस्ले गर्दा अन्तराष्टिय क्षेत्रमा समेत असर पारेको बताए । संचारमाध्यमले गलत संन्देश दिइ रहेका छन भन्ने छ । भूकम्पले असर त गरेको हो तर पर्यटकहरु जाने क्षेत्रमा केहि भएको छैन । उनीहरुले क्यामरामा यहाको बास्तविकता खिचेर लगे ,बाटो घाटो ,सगरमाथा बेस क्याम्प सबैको भिडीयो खिचेर लगे ,र आफ्नो क्षेत्रमा नेपालको बारेमा प्रचार प्रसार गरे कि नेपालका विभीन्न क्षेत्र सुरक्षीत छ भनेर । त्यस्ले पनी अहिले विस्तारै सकरात्मक सन्देश गएको छ । समग्रमा भन्नुपर्दा जती भुकम्प पश्चात नकरात्मक सन्देश गयो त्यसको तुलनामा सुरक्षीत भएको सन्देश निकै न्यून गयो । जती सकरात्मक प्रचार भएको छ त्यो सबै यहाँ आएर आफ्नो देश फर्केका पर्यटकहरुले नै गरेको जस्तो लाग्छ ।

नेपालका संचार माध्यमहरुले गलत सुचना प्रवाह गरे भन्ने पर्यटकहरुको गुनासोलाई कसरी हटाउन सकिन्छ ?
अब यस्तोको लागी सोसल मिडीया देखी संचारमाध्यमहरु अली बडी नै सचेत हुनुपर्छ जस्तो लाग्छ । विशेष गरेर सामाजीक संजालको प्रयोग गर्दा बेलैमा ध्यान पु¥याए राम्रो संन्देश जान सक्छ । जस्तै लुक्लाको विमान स्थललाई संसारकै डरलाग्दो विमानस्थल भनेर युटी्युवमा हालीएको छ । यो हाल्दा लुक्ला विमान स्थल विश्वकै राम्रो विमान स्थल भनेर हालीदिएको भए कस्तो राम्रो संन्देश जान्थ्यो होला । शब्दै त होनि हैन र? डेन्जरै भएको भए यतीका पर्यटक किन आउथे र । संचारमाध्यमा पनी भूकम्पका बेला भत्केका संरचनाहरु उद्धार कार्यहरु मात्र देखाईयो तर केहि न भएको हाम्रो क्षेत्र जस्ताको तस्तै छ भनेर देखाइए न ।यस्ले गर्दा गलत म्यासेज गएको हो जस्तो लाग्छ र पर्यटन व्यवसायी र संचारमाध्यमको संम्मनव्यन हुन जरुरी छ । राम्रै मात्र त कहाहुन्छ र सबै नराम्रा पनी हुदैन ।

नाम्चेमा नेपाली पर्यटकहरुलाई गरिने व्यवहार अली फरक हुन्छ रे हो ?
पक्कै होइन , यो हाम्रो सोचाई मात्र हो । पर्यटन व्यवसायीहरुकालागी सबै पर्यटक समान छन् । कुनै किसिमको भेदभाव छैन, यो त एक किसीमको मिडीयामा फैलाईएको अफवाह मात्र हो । होला कतै कथन कथाचित कोही नेपालीलाई कसैले आक्कल झुक्कल यस्तो व्यवहार भएको होला तर समग्र नाम्चेमा नेपालीहरुले खान बस्नै सक्दैनन र उनिहरुलाई गरिने व्यवहार फरक छ भन्नु एकदमै गलत हो । हामी त पोखरामा भन्दा कम मुल्यमा पनी त्यस्ता सेवासुविधा दिन सक्छौ र दिईरहेका छौ । अनी कसरी नेपालीहरुले अफोर्ड गर्न सक्दैनन् । नाम्चे बसेर गएका साथीहरुसंग कुरा गर्नुस न हामीले नेपालीहरुलाई दिने सेवासुविधा कस्तो छ भनेर ।

नाम्चे आउन चाहने पर्यटकहरुलाई के भन्न चाहनु हुन्छ ?
नाम्चे आउने जोकोही पर्यटकहरुलाई यता आउनु भन्दा पहिले यहाँको बारेमा बुझेर आउन भन्छु । किन भने तपाईहरुले सुनेको भन्दा फकर हुनसक्छ । मैले पनी सुनेको छु कि नेपालीहरुले खानै सक्दैनन् । यहाँको होटलमा बस्नै सक्दैनन् तर यस्तो विल्कुलै छनै । नेपालीहरुको आयश्रोत अनुसारका विभिन्न सेवासुविधा सजीलै पाउन सकिन्छ कुनै किसिमको असुविधा भएमा त्यसकोलागी म स्वयं जिम्मा लिन तयार छु । म त यहाँ सम्म भन्छ कि नाम्चे घुम्न चाहनेहरु पहिला यता आउनुस र त्यसपछि पोखरा जानुस अनी भएको खर्च तुलना गरेर हेर्नुस उस्तै पाउनु हुन्छ । काठमान्डौको होटल रेष्टुरेन्टमा गएर एउटा वियरको दुइसय पचास तीय सय तीर्न सक्छन भने हामीले त नेपालीलाई दुई सयमा पनी उपलब्द गराएको छौ । काठमान्डौमा थकालीखानाको चारपाच सय पर्छ ,हामीले आठहजार देखी बाह्हजार तीरेर ग्यास ल्याएका हुन्छौ, सिमेण्टको पाचँहजार सम्म तीर्नुपर्ने हुँन्छ । यातायात राम्रो छैन जसले गर्दा अली महंगो हुने त पक्कै हो तर नेपालीले गर्नै नसक्ने भन्न मिल्दैन् ।
पोखरामा हजार रुपैया पर्छ एउटा रुमको तर हामी दुईसयमा पनी उपलब्द गराउन सक्छौ । त्यसैले यहाँ आउनेहरु ढुक्कले आए हुन्छ भन्न चाहन्छौ सबैलाई । पहिला आफ्नो देश घुम्नुपर्छ आफ्नो देशको कला संस्कृती थाहा पाउनुपर्छ । यस्का लागी हामीले विभिन्न महोत्सवहरुको पनी समय समयमा आयोजना गर्ने गरेक छौ ।

नाम्चेमा सरकारको उपस्थीती कस्तो छ ?
सरकारको उपस्थिती नाम्चेमा मात्र नभएर सगरमाथ क्षेत्रमा नाम मात्रको उपस्थ्तिी छ । सरकारले त केवल कर मात्र उठाँउ छ । नाम्चेबासीले टेक्स तिर्दैन भन्छन, तर त्यस्तो होइन यहाँका हरेक घर प्यानमा दर्ता भएको अवश्था छ । ठिक छ हामी भ्याटमा छैनौ तर भ्याट तिरेबापत विभिन्न सेवा सुविधा पनी त हामीले पाउनु प¥यो नि हैन र ? यातायात सडकले छुन प¥यो हामीले पनी १३ सयमा ग्यास पाउनु प¥यो अनी हामी पनी भ्याटको स्याट पनी तीर्न तयार छौ । सरकारले सुविधा चाँहि केहि नदिने पैसामात्र थुत्न खोजेर हुन्छ ? भ्याट अफिस पनी नाम्चेमा छैन तराई जानु पर्छ सिराहाको लहान पुग्नुपर्छ । हिमाल पहाडको मान्छे तराई झर्नुपर्छ ट्याक्स तीर्न यो भन्दा लाजलाग्दो कुरा अरु केहिहुन सक्छ ? आफुहरुले पसीना बगाई बगाई कमाएको पैसाको ट्याक्स चाहि तराई गएर तिरेको अवश्था छ । यहाँ आउने पर्यटकहरुले सोध्छन तिमीहरु ट्याक्स कहा तीछौ भनेर यो त लाज लाग्नुपर्ने कुरा हो नी । पर्यटन विकासका नाममा हामीलाई बफरजोनलाई सानोतीनो रकम आउछ त्यो बाटोघाटो निमार्णमा खर्च हुन्छ । पर्यटनबोर्डको एउटा भवन निमार्ण भएको अवस्था छ अहिले तर त्यस्तो कुनै गतीविधि देखीदैन । अनी सरकारले नाम्चेकोलागी के ग¥यो भन्ने खै । हाम्रो बफर जोनमा विभिन्न समीतीहरु छन् यसमा हामी आफै विभिन्न कार्यहरु गर्छौ । नाम्चेबासीको गुनासो के छ भने ट्याक्स तीर्न केहि गाहे छैन सरकारले नाम्चेमै अफिस खोली देवोस भन्ने हो हामी भ्याटमा जान पनी तयार छौ तर सरकारले दिने सेवासुविधाको पनी ग्यारेण्टी हुनु प¥यो ।

नाम्चेमा आउने विदेशी पर्यटकहरु प्राय केमा बडी रमाउछन्?
नाम्चे आउने विदेशीपर्यटकहरु प्राय यहाका कला संस्कृती चालचलनको अनुभव लीन आएका हुन्छन भने अन्य चाहि हीमालको अवलोकन नै गर्ने आएका हुन्छन । विशेषगरि होमस्टेकालागी आएकाहरु शेर्पाहरुको चालचलन खानपीन ,रहन सहनको अवलोकन गर्न आउछन् । काठमान्डौ कहिले निस्कना पाउ जस्तो हुन्छ रे । यहाँ आउने वितीकै अक्सीजन खान पाएको अनुभव सुनाउछन् । निक्कै खुसीहुन्छन यहा आइपुग्दा ।

अन्तमा केहि भन्नु छ?
नेपाल सरकारले यहाँ आउने पर्यटहरुको सुरुक्षामा विशेष ध्यान दिवोस । पर्यटकहरुका लागी विभिन्न सुचनामुलक संदेश दिन सुचना बोर्डहरु ठाँउ ठाँउमा राखिदीनु पर्यो । सुरक्षाका लागी चेकपोष्टको व्यवस्था गरिदिओस । सुचना सेन्टरको व्यवस्था त कम्तीमा हुनुपर्ने हो नी यहाँ आउदा तेत्रो पैसा तीरेर आएका हुन्छन तर सरकारी तबरबाट केहि भएको देख्दैनन् र निरासहुने अवश्था छ । तर पनी यहाँ आउने पर्यटकहरु ढुक्कले आए हुन्छ । आउनु घुम्नुस प्रकृतीको नजीकबाट अनुभव गर्नुस ,पहिला आफ्नौ देशका विभिन्न स्थान घुम्नुस र आफै अनुभव गर्नुस नेपाल सुन्दर छ । विदेशीहरु नेपाल घुम्न मरीहत्ते गर्नुको कारण थाहा पाउनुहुने छ ।


Facebook Comment


No ads found for this position