रेडपान्डाको छालासहित पक्राउ

काठमाडौँ, १८ असोज । संरक्षित वन्यजन्तु रेडपाण्डाको दुईथान छालासहित केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका–३५ जडिबुटीबाट सोमवार दुईजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बराम्ची गाविस–२ का आर्यन श्रेष्ठ र सिन्धुपाल्चोक गुम्बा गाविस–२ का नरेन्द्रलाल श्रेष्ठ छन् ।


Facebook Comment