एनसेलको आकर्षक डे डेटा प्याक अफर लागू

१९ असोज, काठमाडौं एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा इन्टरनेट सेवाप्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगतग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रतिएमबि सम्ममा डेटा सेवाप्रयोग गर्न सक्नेछन् ।

ncell-new-axiataयो योजना आज बुधबारबाट लागु भएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार १०० एमबिको दैनिक, ५०० एमबिको साप्ताहिक अथवा दुई बजार एमबिको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् ।

१०० एमबि दैनिक डे डेटा प्याक ग्राहकले २० रुपैयाँमा खरिद गरी प्रतिएमबि २० पैसामा इन्टरनेट सेवा लिन सक्छन् । साथै ५०० एमबि डेटा भोल्युमभएको साप्ताहिक डे डेटा प्याक ८० मा खरिद गर्न सक्छन् र प्रतिएमबि १६ पैसामा ईन्टरनेट सेवा लिन सक्छन् ।

ग्राहकले २००० एमबि डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक २५० रुपैयाँमा खरिद गर्न सक्छन् । अर्थात् यो डेटा प्याक अन्र्तगत ग्राहकलेे अब मात्र १३ पैसा प्रतिएमबिमा ईन्टरनेट चलाउन सक्छन् । यी डे डेटा प्याकका मुल्यहरु कर बाहेकका हुन् ।

ग्राहकले यी डेटा प्याकहरु एस्टि्रक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने डे डेटा प्याक लिन चाहने ग्राहकले अंग्रजीमा १००डी टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् ।

यसरी ग्राहकले आफ्नो आवश्यकता अनुसार डे डेटा प्याकको छनौट गरी बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा अझ सुलभ दरमा ईन्टरनेट चलाउनका लागि यो अफरबाट फाईदा लिन सक्छन् ।

“चाडपर्वको बेलामा हामी आˆना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग सम्पर्कमा रही खुसीयाली साट्न चाहन्छौं । हामीलाई विश्वास छ यो डे डेटा प्याक अफरले हाम्राग्राहकको बढ्दो संचार सेवाको मागलाई संबोधन गर्नेछ र थप लाभ प्रदान गर्नेछ ।, ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

आफ्नो आवश्यकताअनुसार ग्राहकले यीप्याकहरु जति पटक पनिलिन सक्छन् । प्याकको समयावधि सकिए पछि हाल लाग्दै आएको कर बाहेक रु ३ प्रतिएमबि शुल्क लागु हुनेछ ।

यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।


Facebook Comment


No ads found for this position