पर्यटक आउने क्रम बढ्न थालेपछि होटलमा लगानी वृद्धि हुँदै

myagdi_districtबेनी (म्याग्दी), २० असोज । पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या १२० नाघेको छ ।

दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सबै होटलमा रु ८३ करोडभन्दा बढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष लीलाराम गौतमले जानकारी दिनुभयो । सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङतातोपानी, सिंगा, दानालगायतका ठाउँमा होटल खुल्ने क्रम बढ्दै गएको छ ।

सञ्चालन भएका होटलमा पर्यटकलाई आवश्यक सम्पूर्ण सुविधा छ । वार्षिक ३० हजारको अनुपातमा तेस्रो मुलुकका पर्यटक भित्रिने जिल्लाका होटलमा २४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आवमा नयाँ होटल दर्ता एवम् पुरानाको नवीकरणबापत समितिले रु दुई लाख २८ हजार राजस्व सङ्कलन गरेको थियो ।


Facebook Comment


No ads found for this position