अब देशैभर नेपाल टेलिकमको थ्रीजी सेवा

२० असोज, काठमाडौं । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जीएसइम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

NTC-Logoडोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो । दुनैमा बुधबार र सिमिकोटमा बिहीबारदेखि यो सेवा सञ्चालन आरम्भ भएको छ ।

नेपाल टेलिकमले जीएसएम थ्रीजी सेवा २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो ।

यो सेवामार्फत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ ।

त्यसैगरी कम्पनीले हालै दशैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ ।

टेलिकमले हाल प्रति एमबी ७ पैसासम्ममा नाइट डाटा प्याकेज उपलब्ध गराएको छ । नाइट डाटा अफर राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । आगामी पुस १५ गते सम्म उपलब्ध हुने यो अफर अन्तर्गत ४० रुपैयाँमा ५०० एमबी र ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी १०० एमबी डाटा ५० र २५० एमबी डाटा १०० रुपैयाँमा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् ।यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइने छ ।

 


Facebook Comment


No ads found for this position