दशैं मान्न घर फर्केका नेपाली सीमामा लुटिने थाले

२० असोज, भैरहवा । हिन्दू धर्मावलम्वीहरुको महान चाड दशैं नजिकिँकै गर्दा भारतबाट रुपन्देहीको सिमानाका बेलहिया हुदै नेपालमा आउने नेपालीहरु भारतमा लुटिने क्रममा बढेको छ ।

तर, दशै मनाउन नेपाल फर्किने क्रममा प्रत्येक वर्ष सर्वसाधरणहरुबाट भारतीय प्रहरीले सिमामा गर्ने असुली अहिले यसपटक नरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै भारतबाट नेपाल आउने क्रममा दुई जना नेपाली बाटैमा लुटिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख, इन्स्पेक्टर अभयविक्रम शाहले जानकारी दिए ।

मुम्बइमा कार्यालय सहयोगीको काम गर्ने बाग्लुङ्ग अमलाचोर ३ का ४५ वर्षीय गनबहादुर रोक्का दशैं मनाउन नेपाल आउने क्रममा सिमावर्ती क्षेत्र नौतनवामा ६० हजार रुपैयाँ र दिल्लीको एक होटलमा कार्यरत सुनसरी धरानका १९ वर्षीय बिशाल थापासँगै रहेको ८ हजार रुपैयाँ र एउटा मोबाइल लुटिएको प्रहरीले जनाएको छ ।

घर फर्कदा बाटोमै लुटिएका दुईलाई प्रहरीले यातायातको व्यवस्था गरेर पठाएको इन्स्पेक्टर शाहले बताए । आउने क्रममा बीचबाटोमा लुटिन्छन् र बेखर्ची हुन्छन् त्यसैले हामीले गर्ने सम्मको सहयोग उनीहरुलाई गरिरहेका छौं,’ इन्स्पेक्टर शाहले भने ।

त्यस्तै उनले दशैको बेला विगतमा भारतीय प्रहरीले सिमामा अनावश्यक रुपमा नेपालीहरुबाट पैसा असुल्ने कार्यगरे पनि अहिले भने रकम असुलेको कार्यालयमा गुनासो नआएको जानकारी दिए ।


Facebook Comment


No ads found for this position