दशै मनाउन हिडेका यात्रुको कर्णाली राजमार्गमा विजोग (फोटो फिचार)

२१ असोज, काठमाडौं । नेपालीहरुको महान चाड दसैं सुरु भए सगै कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरुको चाप निकै बढ्न थालेको छ । कर्णाली राजर्माग स्तरोन्ती भएर कालोपत्रे भएको एक वर्ष वितिसक्दा पनि विभिन्न ठाउँमा पुल नबन्दा एउटै गाडी खोलाबाट पास हुन ४ घण्टा सम्म लाग्ने गरेको छ ।

नेपालगञ्जबाट बिहानै ५ बजे गाडीमा हिँडेका लवजराज डाँगी साँझ ५ बजे आफ्नो घर पुग्नेमा ढुक्क थिए । तर ३ बजे सम्म पनि उनि दैलेखको किट्टुमै थिए । उनी रारा यातायात प्रालीको जीपमा थिए । किट्टुको खोलामा अगाडि फसेको गाडी पास हुन झण्डै २ घण्टा लाग्यो । सैयौं यात्रुबीच बाटोमै अलपत्र परे ।राजमार्गमा पर्ने पुलहरु नबन्दा सैयौं यात्रुहरुको गन्तव्यमा पुग्न नसकेरबीच बाटोमै विचल्ली हुने गरेका छन्।

कर्णाली राजर्मागमा यात्रा गर्दा कहाँ वास हुने हो थाहा नहुने यात्रु देवानन तिमिल्सिनाले बताए । उनले भने, ‘बीच बाटोमा बस्ने,खाने ठाउँ छैन । गाडी फस्यो भने रातभर गाडी भित्रै बस्नुपर्ने बाध्यता छ ।’जबसम्म पुल निर्माणको काम सकिँदैन तबसम्म यहाँको समस्य समाधान  हुँदैन,’  यात्रु पुजन तिमिल्सिनाले भने ।

टाकुल्ला खोलाको तल तिला नदी बगिरहेकोले यात्रुले निकै डर मान्ने गरेको चालकहरु बताउँछन । कर्णाली राजमार्गमा बन्नु पर्ने पुलका विषयमा सांसददेखि विकासे अगुवाको ध्यान पुग्न सकेको छैन ।

 

कर्णाली राजमार्गको दैलेख खण्डको घट्टे खोलादेखि कालेखोला, शेरीघाट, खुलालु, टाकुल्ला र खल्लाघाट पुल बनाउने काम नसकिँदा कर्णाली राजमार्गको जोखिम कायमै रहेको सर्वसाधरण गुनासो गर्छन् । कर्णाली राजमार्गमा ७ वटा पुल बन्दै गरेको भएपनि शेरीघाट पुल बाहेकका सबै पुलको काम अधुरो रहेको सडक डिभिजन कार्यालय कर्णालीले जनाएको छ । जसका कारण कर्णाली राजमार्गको जोखिम कायमै रहेको छ ।

पुल निर्माण कार्य अधरो भएसँगै कर्णाली राजमार्गमा निर्माणाधीन पुल निर्माण कार्य नसकिँदा जोखिम बढ्दै गएको छ । आर्थिक वर्ष २०६८। ०७९ सालमा निर्माण कार्य सुरु भई दुई वर्षमा काम सकाउनु पर्ने भएपनि अहिलेसम्म काम अगाडि बढेको छैन ।

 

 

 

 

तस्बिरहरु: एलपी देवकोटा


Facebook Comment


No ads found for this position