यस्तो हुन्छ हाम्रो दशैं

दशै तिहार जस्ता चाडपर्वलाई व्यक्ति र  समाज मात्र होइन  राष्ट्रका लागि पनि महत्वपूर्ण मानिन्छ । यती हुदा हुदै पनी कतीपय यस्ता क्षेत्रहरुपनी छन जुन क्षेत्रमा लागेका व्यक्त्तीहरुले आफुले चाहदा चाहदै पनी दशै आफु अनुकुल मनाउन पाएका हुदैनन् । यस पटक हामीले पर्यटन क्षेत्रमा लागेका व्यवसायमा सगलग्न ब्यबसायीहरुलाई कसरी दशै मनाउदैछन भन्ने जिज्ञासा राख्यौ । उहाँहरुको जवाफ
phurba-sherpa

फुर्वा शेर्पा
संचालन समिति सदस्य
नेपला पर्यटन बोर्ड
दशै त हामीलाई यती रमाइलो संग मनाउनु पर्ने हो तर पर्यटनको यो मौसम ठ्याक्कै यस्तो बेलामा पर्छ कि दशै मनाउने कि व्यवसाय हेर्ने ।

विदेशी पर्यटक आउने,होटलमा खाना खाने ठाउ पनी नहुने यही बेला हो ।
गाडीका डाइभरहरुले छुट्टी लिई दिन्छन गाडी पाईदैन् । इस्टाफले छुट्टी लिइदिन्छन् ।

यो बेला त हामी विहान देखी राती सम्म खटेको खटै हुन्छ ४ घण्टापनी राम्ररी सुत्न पाउदैन । यो पर्यटन क्षेत्रमा लाग्ने ल त ,दशै मनाउनै पाउदैन । सबै विदा लिएर जान्छन न जा भन्न पनी मीलेन । के गर्ने । दशै सिजनको ठ्याक्कै बीचमा भएकोले बसै अस्त व्यस्त हुन्छ ।

deepik-joshi-nepal-tourism-bordदीपक राज जोशी
प्रमुख कार्यकारी अधिकृत
नेपाल पर्यट बोड
यसपटकको दशैमा विशेष कारणले म बाहिर जान सकिन ।

कार्य व्यस्थताले भनौ न र यसपटक आफ्नो घरपरिवार सगै बसेर बनाईन्छ ।यो सिजन भनेको सामाजीक कार्यमा पनी लाग्ने समय पनी हो ।
दशै संग सगै नगरकोट साखु आसपासको पर्यटकीय क्षेत्रमा हाईकिङ गर्ने सोची रहेको छु यो दशै सकिए लगतै यो दुइदिन चाहि माथी चिसापानी सम्म गएर घर परिवार सगै मनाउने र दशै सकिए लगतै निस्कने सोच छ ।

jitendra-jhakri-dolpaजितेन्द्र झाक्री
प्रबन्ध निर्देशक एक्सपोर डोल्पा
विगतका दशै भन्दा यो पटकको दशै घरमै मनाउने सोचमा छु ।

आफ्न्त संग भेटघाट गरि घरपरिवार संग बसेर रमाइलो गरेर मनाइदै छ ।

दशैकै लागी भनेर कुनै खास प्रोग्रामै त बनेको छैन । सामन्य नै हो , आफन्त घरपरिवारमा सबेर मनाईदै छ । त्यती हो ।

साथीभाई दाजुभाई सगै बसेर रमाइलो गरिन्छ ।

ishwori-paudelइश्वरी पौडेल
प्रबन्ध निर्देशक
हिमालयन गाईडस नेपाल
दशैको समयमा हामी पर्यटन ब्यबसायीको सिजन सुरु हुने भएकाले र्फुसद हुदैन ।

विहानै एयरर्पोट आफ्नो कम्पनीबाट आएका पर्यटकहरुलाई लिन तथा पदयात्रा, आरोहण लगाएतका बिभिनन क्रियाकलाप सकाएर फर्कन लागेकालाई एयरपोर्ट छोडन गयो बेलुका घर र्फकियो भात खायो सुत्यो । यही हो हाम्रो दशै ।

के गर्ने सिजन सुरु भएको बेला काम गर्ने पर्यो । हाम्रो त दशैमा र्फुसदै हुदैन ।

यही बेला कामगर्नु पर्ने हुन्छ । दशै तीहार त हाम्रो फुस्रो पो हुन्छ त ।

अरु साथीभाईको के हुन्छ खै मेरो त यस्तै हो । समय नै हुदैन । विहान उठ्यो पाच बजेतीर एयरपोट गयो बस्यो अफीस यता उता गर्दै वित्छ ।

krishna-newpaneकृष्ण न्यौपाने
सिर्दाथ गुप्र प्राली
मेरो घर गुल्मी हो । अहिले ठ्याक्कै भन्नु पर्दा म घर आईपुगेको छु गुल्मी दशै मनाउन । यसपाली गाउमै बस्ने रमाईलो गर्ने योजना रहेको छ ।

घरमा खसी काट्ने रमाइलो गर्ने हो ।घर परिवारमा भेला भएकाहरु संग कुराकानी गफ सफ गर्ने त्यहि हो ।केटाकेटी बेलाका कुराहरु सम्झदै रमाईलो गर्ने हो । आफुभन्दा अग्रजहरुबाट टिका थाप्ने आर्शिवाद लिने त्यही त हो ।

शदै गाउमा जस्तो बजारमा रमाइलो हुदैन त्यसैले प्राय हरेक वर्ष दशै मनाउन गाउ पुग्छु ।हाम्रो कल्चरै गाउमा रमाउने खालको छ दशैमा ।त्यसैले सबजना दशैमा गाउघर फर्कन्छन ।तृयोदशी तीर शरर फर्कन्छु ।

naresh-bhataraiनरेश भट्टराई
संचालक
माउन्ट कैलाश रिर्सोट, पोखरा
दशैमा साथीभाई सग भेटघाट गर्नुकासाथै आफु भन्दा अग्रजकहाँ टिका ग्रहण तथा आर्शिवाद लिन जान्छ ।

यस्का साथै होटलमा भएका साथिहरुसग बसेर पनी रमाईले गर्नुका साथै काममा समेत हात बटाउने काम गर्दछु ।

समयले साथ दियो भने स्वदेश तथा विदेश समेत घुम्न जाने गर्दछु दशैको छुटीमा ।

roshan-dhalरोशन दाहाल
संचालक
हेटल एकोहोमा, पोखरा
दशै अघि पछी    भन्दा बडी नै ब्यबस्त भईन्छ ।

होटलका सहयोगी सबै दशैको छुटी लिएर दशै मनाउन घर जाने भएकाले धेरैजसो काम आफै गर्नु पर्ने हुन्छ , त्यसकारण पनी अलि बढी ब्यबस्त भईन्छ ।

अनी यसो समय मिलाएर आफु भन्दा अग्रजकहाँ टिका थाप्न तथा आर्शिवाद लिन जाने गरिन्छ ।


Facebook Comment


No ads found for this position