भारतीय र चिनियाँ तरकारी–फलफूल बुटवलमा

बुटवल २४ असोज । बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय छ । यस क्षेत्रमा भारतीय तरकारीकै भरमा नेपाली बजार चलेको छ । तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगे पनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश तरकारी र फलफूलले यस क्षेत्रको बजार ओगटेको छ ।

fruitsयहाँ तरकारी पाल्पा, मकवानपुर, धादिङ, सल्यान, रोल्पा तथा केही मात्रामा अर्घाखाँचीबाट समेत आउने गरे पनि धेरैजसो तरकारी र फलफूल भारतीय रहेको बुटवल कृषि उपज थोक बजार सञ्चालक समिति अध्यक्ष कलाधर पन्थी बताउनुहुन्छ । यहाँ आउने फलफूलमा ५० देखि ८० प्रतिशत भारतबाट र बाँकी २० प्रतिशत चीनबाट आउने गरेको छ ।
दसंैँका समयमा नेपाली स्याउ केही मात्रामा आउने गरे पनि चीन र भारतीय स्याउले नै बजार ओगटेको उहाँ बताउनुहुन्छ । बुटवलको थोक बजारमा वार्षिक रु साढे ती करोडको कारोबार हुने गरेको छ । यहाँको बजारमा तरकारीको कारोबार दैनिक रु डेढ लाखसम्म हुने गरेको न्यु गौतमबुद्ध सब्जी भण्डारका सञ्चालक गौतम अग्रहरी बताउनुहुन्छ ।
आव२०७१। ०७२ मा बुटवल कृषि उपज थोक बजारमा कुल त्रिसठ्ठी हजार पाँच सय त्रिसठ्ठी मेट्रिक टन फलफूल एवम तरकारीको आयात भएको छ । तीमध्ये सोह्र हजार एक सय मेट्रिक टन नेपालबाट, चौवालिस हजार पाँच सय साठी मेट्रिक टन भारतबाट र दुई हजार नौ सय तीन मेट्रिक टन चीनबाट आयात गर्ने गरिएको छ । वार्षिक रु तीन अरब १७ करोड ८१ लाख ५० हजार कारोबार हुने सो बजारमा दैनिक रु ८८ लाख २८ हजार एक सय चौरानब्बेको कारोबार हुन्छ ।
त्यस्तै आव ०७२।०७३ मा ६५ हजार चार सय सत्तरी मेट्रिक टन आयातमध्ये नेपालबाट १५ हजार चार सय मेट्रिक टन, भारतबाट ४६ हजार तीन सय मेट्रिक टन र चीनबाट तीन हजार चार सय मेट्रिक टन आयात भएको थियो । वार्षिक रु तीन अर्ब २६ करोड ४२ लाख पचास हजार कारोबार भएको सो बजारमा दैनिक रु ९० लाखको कारोबार भएको देखिन्छ ।


Facebook Comment


No ads found for this position