राजदेवी मन्दिरमा बेलुकासम्म पूजा–अर्चना गर्ने श्रद्धालुको घुइँचो

जनकपुरधाम, २७ असोज । वडादसैँअन्तर्गत घटस्थापनादेखि दशमीसम्ममा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा पाँच लाखभन्दा अधिक श्रद्धालुले दर्शन तथा पूजा–अर्चना गरेको पूजा व्यवस्थापन समितिले जनाएको छ ।

सो मन्दिरमा घटस्थापनादेखि दशमीसम्म बिहानदेखि बेलुकासम्म पूजा–अर्चना गर्ने श्रद्धालुको घुइँचो थियो । महावीर युवा कमिटीको सक्रियतामा यसपटक राममन्दिर परिसरमा निर्माण गरिएको वैष्णव देवीको गुफा श्रद्धालुका लागि दर्शनीय बनेकाले पनि विगतभन्दा यस वर्ष श्रद्धालुको सङ्ख्या अधिक भएको जनाइएको छ । कमिटीका अध्यक्ष धर्मेन्द्र साहका अनुसार दशमीसम्ममा ५० हजारभन्दा अधिकले सो गुफाको अवलोकन गरिसकेका छन् ।


Facebook Comment


No ads found for this position