सराय नाच लोप हुने अवस्थामा

रामपुर (पाल्पा), २८ असोज । मगर समुदायमा प्रचलित सराय नाच जिल्लाबाट यतिखेर लोप हुने अवस्थामा छ । गाउँमा युवा पुस्ताले संस्कृतिको जगेर्ना गर्न नसक्दा सराय नाच नाच्ने परम्परा लोप हुने अवस्थामा पुगेको हो ।

जिल्लाको बन्दीपोखरा, मुझुङ, देउरालीलगायतका ठाउँमा सराय नाच देखाउने परम्परा थियो । तर अहिले भने यो संस्कृति नै लोपोन्मुख अवस्थामा छ । तर फोक्सिङकोटको रानीवासमा भने परम्परागत सराय नाचको संरक्षणमा स्थानीय युवा जुटेका छन् ।

वर्षेनी चारपटक यो नाच देखाउने गरिन्छ । गाउँका युवाले मगर समुदायको परम्परा झल्कने विभिन्न वेशभूषामा सजिएर नाच्ने यो नाच दसैँ, तिहार, हरिबोधनी एकादशी र मङ्सिर पूर्णिमाका दिन देखाउने प्रचलन छ ।

गाउँमा एकपटक सराय नाच देखाउँदा रु १० हजारदेखि रु एक लाखसम्म सङ्कलन हुने गरेको स्थानीयवासी एवत सारुले बताउनुभयो । सराय नाचबाट सङ्कलित रकम गाउँका विकास निर्माणका काममा खर्च हुने गरेको उहाँले जनाकारी दिनुभयो । यसै दसैँका अवसरमा देखाएको सो नाचबाट यसवर्ष रु १० हजार ५०८ सङ्कलन भएको छ ।


Facebook Comment


No ads found for this position