दशैंमा कति बाँडियो नयाँ नोट ?

money२९ असोज, काठमाडौं । दशैंका अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब ९ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ ।

राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र बैंक ताथ वित्तीय संस्थाबाट असोज महिनामा उक्त मूल्यबराबरका नयाँ नोट साटिएको जानकारी राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

त्यस अवधिमा बजारमा गएका नयाँ नोटमध्ये ४९ अर्ब रुपैयाँ पाँच सय र हजार दरका नोट रहकेो  छ ।

बैंक तथा वित्तीय संस्थाले भुक्तानीमा ठूलो दरका नोट प्रयोग गर्छन् । ठूला नोटमध्ये करिब ५६ प्रतिशत भुक्तानीका लागि उपयोग हुने गरेको छ ।


Facebook Comment


No ads found for this position