पासाङल्हामु राजमार्ग जीर्ण

रसुवा, ३० असोज । नेपाल–चीन बीचको व्यावसायिक कारोबार गर्ने उत्तरी नाका रसुवागढी क्षेत्रको राजमार्ग जीर्ण बन्दै गएपछि सवारीसाधन गुडाउन असहज हुँदै गएको छ ।

गुम्बोडाडाभन्दा माथिको पासाङल्हामु मार्गका ५० किमीभन्दा बढी भूभागका सडक सतहमा ठूल्ठूला खाल्टाखुल्टीले मालवाहक सवारीसाधन गुडाउन असहज भएको ट्रक कन्टेनर चालकको भनाइ छ ।

पाँच÷सातवटा सवारीसाधन गुड्ने पासाङल्हामु मार्गमा रसुवागढी नाका सञ्चालन भएपश्चात् दैनिक सयौँ सवारीसाधन चल्ने हुँदा अहोरात्र सडकतर्फ ध्यान केन्द्रित गर्न जरुरी भइसकेको छ भन्दै नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङले पासाङल्हामु राजमार्ग शीघ्र मर्मतको व्यवस्था गर्न सम्बन्धित निकाय समक्ष आग्रह गरिएको बताउनुभयो ।


Facebook Comment


No ads found for this position